सबइञ्जिनियर विरुद्ध विशेष अदालतमा मुद्दा दायर !
सारांश
- काठमाडौँ, ४ भदौ ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना गुल्मीमा कार्यरत सबइञ्जिनियर प्रकाश झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
- सब इन्जिनियर झाविरुद्ध रु एक लाख घुस लिएको अभियोग लागेको छ ।
काठमाडौँ, ४ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना गुल्मीमा कार्यरत सबइञ्जिनियर प्रकाश झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सब इन्जिनियर झाविरुद्ध रु एक लाख घुस लिएको अभियोग लागेको छ । सब इन्जिनियर झाविरुद्ध रु एक लाख घुस लिएको अभियोग लागेको छ । सडक आयोजनाको ठेक्काको बिल मूल्याङ्कन गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदालिँदै उनी केही दिन पहिले पक्राउ परेका थिए ।
कारवाहीका लागि आग्रह
हेलो सरकार नवलपरासीमा रहेको गोर्खा ब्रुअरीले वातावरण बिगारेको भन्दै कारवाही गर्न वन तथा वातावरण मन्त्रालयलाई आग्रह गरेको छ । सो उद्योगबाट निष्कासित फोहोर पानीले नारायणी नदी प्रदूषित भएको र जलचरसमेत समस्यामा परेको भन्दै हेलो सरकारमा उजुरी परेपछि आज कारवाहीका लागि आग्रह गरिएको हेलो सरकारका प्रद्युम्न उपाध्यायले जानकारी दिए।
यस्तै सो उद्योगले करसमेत नतिरेको विषयमा पनि उजुरी परेपछि अर्थ मन्त्रालयलाई कर उठाउनसमेत ध्यानाकर्षण गराएको छ । उद्योगले कर छलेको विषयमा उजुरी प्राप्त भएको भन्दै आवश्यक छानबिन गर्न गृह मन्त्रालय, अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत लेखी पठाइएको प्रमुख खड्काले जानकारी दिए ।
प्रतिक्रिया