मनोनयन दर्ताका लागि सरकारी गाडीको प्रयोग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
मनोनयन दर्ताका लागि सरकारी गाडीको प्रयोग

सारांश

  • सुनसरीमा मनोनयन दर्ताका लागि सरकारी गाडीको प्रयोग गरिएको पाइएको छ ।
  • सरकारी कार्यालयको सरकारी नं प्लेटका विभिन्न नगरपालिका र जिल्ला समन्वय समितिको कार्यालयको सवारी विभिन्न पार्टीका कार्यकर्ता ओसार्न र मनोनयन दर्ताका लागि पार्टीको काममा प्रयोग भएको पाइएको हो ।
  • यहाँ आधा दर्जनभन्दा बढी सवारीसाधन दलको प्रचार र सभामा तथा मनोनयन दर्तामा प्रयोग भएको स्थानीयवासीले बताएका छन् ।

सुनसरीमा मनोनयन दर्ताका लागि सरकारी गाडीको प्रयोग गरिएको पाइएको छ ।

सरकारी कार्यालयको सरकारी नं प्लेटका विभिन्न नगरपालिका र जिल्ला समन्वय समितिको कार्यालयको सवारी विभिन्न पार्टीका कार्यकर्ता ओसार्न र मनोनयन दर्ताका लागि पार्टीको काममा प्रयोग भएको पाइएको हो । यहाँ आधा दर्जनभन्दा बढी सवारीसाधन दलको प्रचार र सभामा तथा मनोनयन दर्तामा प्रयोग भएको स्थानीयवासीले बताएका छन् । यहाँ स्थानीय तहसँगै मन्त्रीको सुरक्षाका नाममा विभिन्न ठाउँमा सरकारी गाडी प्रयोग भएको हो ।

जिल्लाबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायत मन्त्री र राज्यमन्त्री तथा पूर्व मन्त्रीसमेतले सरकारी सवारी साधन प्रयोग गरेका हुन् । उम्मेदवारीका लागि सरकारी सवारी साधन प्रयोग गरेकामा स्थानीयवासीले विरोध जनाएका छन् । यता निर्वाचन आयोगले समेत अनुगमन नगर्दा सरकारी सवारी साधनको दुरुपयोग भएको हो ।
पढाइ प्रभावित

इनरुवा–१ स्थित भगवती माविमा मनोनयन दर्ताको बेला बालबालिकाले पढ्न नपाएको गुनासो गरेका छन् । विद्यालयमा निर्वाचन आयोगले मनोनयन दर्ताको कार्यक्रम राखेकाले त्यहाँ आज पठनपाठन हुन नसकेको हो ।

विद्यालय र बालबालिका शान्ति क्षेत्र भएको घोषणा गरिए पनि निर्वाचनमा बालबालिकाको मौलिक अधिकार हनन हुने गरी विद्यालयको प्रयोग गरेको प्रति विद्यार्थी तथा अविभावकले आपत्ति जनाएका छन् । विनासूचना विद्यालय बन्द गराइएकाले बालबालिका त्रसित हुँदै घर फर्केका छन् । विद्यालयले आफ्नो नियमित कक्षा सञ्चालन गर्नुपर्नेमा शिक्षक प्रधानाध्यापक समेत पार्टीको प्रचारमा हिँडेकाले पढाइ प्रभावित भएको विद्यार्थीको गुनासो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छायाङ्कनको बिचमै अमेरिकामा बिक्री भयो ‘रङ्गेली’, कलाकारसहित रेड कार्पेट प्रिमियर हुने
छायाङ्कनको बिचमै अमेरिकामा बिक्री भयो ‘रङ्गेली’, कलाकारसहित रेड कार्पेट प्रिमियर हुने
अपडेटः बेगनासताल डुंगा दुर्घटनामा एकको  मृत्यु, पाँच जना अझै बेपत्ता
अपडेटः बेगनासताल डुंगा दुर्घटनामा एकको मृत्यु, पाँच जना अझै बेपत्ता
आफ्नो जिल्लाका जनप्रतिनिधिको गुनासो र सुझाव सुनेर फर्किए सभामुख महरा
आफ्नो जिल्लाका जनप्रतिनिधिको गुनासो र सुझाव सुनेर फर्किए सभामुख महरा
उदयपुरमा आगलागीबाट ६६ लाख बराबरको क्षति
उदयपुरमा आगलागीबाट ६६ लाख बराबरको क्षति
MoU between Softech Foundation and Nepal Certifying Company
MoU between Softech Foundation and Nepal Certifying Company
प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !
प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !
सुरक्षा चेक जाँचमा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन
सुरक्षा चेक जाँचमा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन
सन्दिप र ललितले दिए थाइल्याण्डलाई सुरुवाति ३ झट्का !
सन्दिप र ललितले दिए थाइल्याण्डलाई सुरुवाति ३ झट्का !
गण्डकीमा बजेटः कृषि, पूर्वाधार विकासदेखि संस्कृतिको संरक्षणसम्म
गण्डकीमा बजेटः कृषि, पूर्वाधार विकासदेखि संस्कृतिको संरक्षणसम्म
सोमबारदेखि पुन : वर्षा र हिमपात दोहोरिने
सोमबारदेखि पुन : वर्षा र हिमपात दोहोरिने

तपाईंले छुटाउनुभयो कि?