सवारीसाधनको कुम्भमेला नाडा अटो शोमा बढ्दै भीडभाड
सारांश
- काठमाडौं ।
- राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको सवारी साधनको कुम्भ मेलामा दर्शक तथा सवारीसाधनप्रेमीहरुको जमघट तथा भीडभाड बढेको छ ।
- अर्थमन्त्री डा.
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको सवारी साधनको कुम्भ मेलामा दर्शक तथा सवारीसाधनप्रेमीहरुको जमघट तथा भीडभाड बढेको छ । अर्थमन्त्री डा. रामशरण महतले उद्घाटन गरेको “नाडा अटो शो”मा अमेरिकी कम्पनीका गाडीहरुसमेत प्रदर्शनमा राखिएका छन् ।
नेपाल अटोमोबाइल्स डिलर एसोसिएसन (नाडा)ले आयोजना गरेको मेलामा विभिन्न ६५ कम्पनीका १२० स्टलहरु रहेका छन् । मेलामा १४ ब्राण्डका चारपाङ्ग्रे, १५ ब्राण्डका दुईपाङ्ग्रे र ५ ब्राण्डका हेभी कमर्शियल भेइकल प्रदर्शनीमा राखिएको छ । ६ दिनसम्म चल्ने मेलामा ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
यी ब्राण्डहरु छन् प्रदर्शनीमा
मेलामा डाटसुन, दाइहात्सु, फियट, फोर्ड, होन्डा, हुन्डाई, किया, निशान, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फक्सवागन, अशोक ले ल्याण्ड, भारत बेञ्ज, स्कोर्टस, अप्रिलिया, एमभी अगष्टा, बजाज, बेनिली, हिरो, हिरो इलेक्ट्रिक, होन्डा बाइक, केटीएम, महिन्द्रा, रोयल इन्फिल्ड, सुजुकी बाइक, टीभीएस बाइक, भेष्पा र यामाहा लगायतका ब्रान्डहरु प्रदर्शनीमा राखिएका छन् । यसबाहेक बैंक तथा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्ट, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एशोसेरिजहरु प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् ।
मेलामा विभिन्न कम्पनीहरुले नयाँ मोडलसमेत सार्वजनिक गरेका छन् । नयाँ मोडल सार्वजनिक गर्नेमा सुजुकी, होण्डा, टोयोटा, फियट, स्कोडा लगायतका छन् । त्यस्तै, आधा दर्जन मोटरसाइकल कम्पनीले पनि नयाँ मोडल सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया