यसकारण अब दैनिक १४ घण्टा लोडसेडिङ हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
१६ पटक हेरिएको
Shares
यसकारण अब दैनिक १४ घण्टा लोडसेडिङ हुने

सारांश

  • काठमाडाैं, माघ १६ ।
  •   जुम्लाको खलंगा दैनिक १४ घण्टा लोडसेडिङ भाेग्न बाध्य छ ।
  • साना जलविद्युत उपभोक्ता समितिद्धारा सप्लाई भइरहेको विद्युत उत्पादनमा कमी भएपछि सदरमुकाम आसपास र चन्दननाथ नगरपालिकाभर लोडसेडिङ भइरहेको छ ।

काठमाडाैं, माघ १६ ।  जुम्लाको खलंगा दैनिक १४ घण्टा लोडसेडिङ भाेग्न बाध्य छ । साना जलविद्युत उपभोक्ता समितिद्धारा सप्लाई भइरहेको विद्युत उत्पादनमा कमी भएपछि सदरमुकाम आसपास र चन्दननाथ नगरपालिकाभर लोडसेडिङ भइरहेको छ । साना जलविद्युतबाट उत्पादित जुगाड खोलामा पानीको बहाब घट्दै गएपछि विद्युत उत्पादन घटेको समितिले जनाएको छ ।

अाजको नयाँ पत्रिकामा खबर छ-खोलामा पानीको बहाब घट्नुका साथै घुघुतीमा उत्पादित विद्युतको पावर हाउसको मेसिन जिर्ण भएपछि विद्युत उत्पादनमा समस्या भएकाले दैनिक १४ घण्टा लोडसेडिङ गर्न बाध्य भएको समितिका इन्चार्ज हर्कबहादुर बोहोराले बताए ।

‘खोलामा पानीको बहाब घट्दै गएको छ, भएका मेसिन पनि पुराना छन्, २ सय किलोवाट क्षमताको विद्युत अहिले १ सय ३५ किलोवाट मात्र उत्पादन हुन्छ, त्यसैले लोडसेडिङ बढेको हो ।’ उनले भने,‘जुगाड खोलाको पानीको बहाब र साउन–भदौको वर्षादको समय तथा पुस, माघको हिँउदे मौसममा भएको लोडसेडिङको दरलाई हेर्ने हो भने चैत, बैशाखको सुख्खा खडेरी महिनामा विद्युत् उत्पादन शून्यमा झर्ने सम्भावना निकै कम छ ।’

सदरमुकामसँग जोडिएको साविकको चन्दननाथ गाविसलाई केन्द्रीत गरी ५ सय घरधुरीका लागि २०४० सालमा विधुत् सञ्चालन भएको थियो । झण्डै पाँच दशक पहिले सो लागि उत्पादित विद्युत अहिले २ हजार ७ सय घरधुरीले लाइन जडान गरेका छन् । यसरी विद्युतकाे भारले थाम्न नसक्ने गरी ग्राहाक बढेपछि बैकल्पिक विद्युतको खोजी गर्न समिति र सरोकारवाला निकाय मौन बसेको छ । ‘नयाँ मेसिन खरीद भन्दा पुरानै सेसिनलाई टालटुल पारेर लाखौँ रकम खर्च गरिन्छ । तर भने जस्तो विजुली बाल्न पाईदैन’

विजुली नबालेरै महशुल तिछौँ

चन्दननाथ नगरपालिका ७ का कालीबहादुर नेपालीले दैनिक १४ घण्टा लोडसेडिङ भएकाले विद्युत आाउने र जानेको टुंगो नभएको दुखेसो गरे । उनले बत्ती नबाली पैसा तिरिरहनु परेको बताए । उनले भने,‘बेकारमा हाम्रो पैसा खेर गइरहेको छ । बैकल्पिक उर्जा सोलार अर्थात् दियालोको जोहो गर्ने परम्परागत समस्या टरेकै छैन ।’

लोडसेडिङको मारमा विद्यार्थी

विशेष गरी यतिखेर सदरमुकाममा एसइइ परीक्षा र अन्य अतिरिक्त शिक्षा तयारीका लागि आएका हजारौँ विद्यार्थी लोडसेडिङको मुख्य मारमा परेका छन् । उद्योगकलकारखाना सञ्चालनमा सकस भएको छ । लोडसेडिङले अध्ययन कार्य प्रभावित भएको तातोपानी २ का विद्यार्थी दशरथ चनाराले बताए । उनले भने,‘एसइइ परीक्षा तयारीका लागि सदरमुकाम आएको छु, तर यहाँ लोडसेडिङले हैरान दिएको छ ।’

यता बढ्दो लोडसेडिङले कार्यालयको सेवा प्रवाहमा समस्या परेको चन्दनाथ नगरपालिकाका नायव सुब्बा लक्ष्मीचन्द्र न्यौपाने बताए । उनले भने,‘विद्युतको भरै छैन, कार्यालयको कार्य सम्पादनमा सहज होस भनेर बैकल्पिक उर्जा सोलारको व्यवस्था गरेका छौँ ।’

(https://www.sociobits.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?