ओली र प्रचण्डलाई राजनीतिबाट सन्यास लिन योगेश भट्टराईको सुझाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
ओली र प्रचण्डलाई राजनीतिबाट सन्यास लिन योगेश भट्टराईको सुझाव

सारांश

  • काठमाडौँ, १६ पुस ।
  • एमालेका सचिव योगेश भट्टराईले एमाले–माओवादी केन्द्रबीच पार्टी एकता भएकै दिन ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिनुपर्ने बताएका छन् ।
  • एमाले पेशागत विशेष जिल्ला कमिटीको सञ्चार एकताको आयोजनामा काठमाडौँमा भएको कार्यक्रममा सचिव भट्टराईले ओली र प्रचण्डले सक्रिय राजनीतिबाट सन्यास लिन सुझाव दिएका हुन् ।

काठमाडौँ, १६ पुस । एमालेका सचिव योगेश भट्टराईले एमाले–माओवादी केन्द्रबीच पार्टी एकता भएकै दिन ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिनुपर्ने बताएका छन् ।

एमाले पेशागत विशेष जिल्ला कमिटीको सञ्चार एकताको आयोजनामा काठमाडौँमा भएको कार्यक्रममा सचिव भट्टराईले ओली र प्रचण्डले सक्रिय राजनीतिबाट सन्यास लिन सुझाव दिएका हुन् ।

‘एकता घोषणा भएकै दिन दुई पार्टीका नेताले सक्रिय राजनीतिबाट बिदा लिए हुन्छ, त्यसो भए उहाँहरु विश्वमा नेल्सन मन्डेलाजस्तै सम्माननीय हुनुहुन्छ,’ ओली र प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरुले राजनीतिमा १०० पूर्णांकमा शतप्रतिशत अंक पाएको उल्लेख गर्दै भट्टराईले भने, ‘उहाँहरुले हावर्ड र अक्सफोर्डमा नेपालको शान्तिप्रक्रियाबारे पढाउन गए हुन्छ ।’

अब पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री भइरहन ओली र प्रचण्डलाई जरुरत नभएको उनले बताए । एमाले र माओवादीका दोस्रो र तेस्रो तहका नेताहरु पार्टी र देशको नेतृत्व लिन तयार रहेको उनको भनाइ थियो ।

भट्टराईले ओली र प्रचण्डले पटक पटक परीक्षा दिइसकेकाले अब फेरी परीक्षा दिइराख्नु नपर्ने बताए । ‘उहाँहरुले पटक पटक परीक्षा दिइराख्नुपर्दैन’ उनले भने, ‘किनकि यो भन्दा माथि जाने ठाउँ छैन । पटक पटक परीक्षा दिँदा कम नम्बर आउन पनि सक्छ ।’

भट्टराईले भने, ‘यदि उहाँहरुले राजनेता बन्ने साहस देखाउनुभयो भने देशभर उहाँहरुको शालिक बन्नेछ । उहाँहरुले बनाउ भन्नै पर्दैन ।’ यो संसारका लागि सिकाइ र चमत्कारको विषय पनि हुने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?