बिना मगर : मृत्युको मुखदेखि मन्त्रीको कुर्सीसम्म

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २, २०७४
|
५०
|
२५ पटक हेरिएको
Shares
बिना मगर : मृत्युको मुखदेखि मन्त्रीको कुर्सीसम्म

सारांश

  • दुई तिहाईभन्दा बढीको विश्वास रहेको केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकारमा माओवादी केन्द्रको तर्फबाट बिना मगर खानेपानी मन्त्री बनेकी छन् ।
  • जनयुद्धकालमा मृत्युको मुखैमा पुगेर फर्किन सफल बिना मगर मुलुकका दुई ठूला पार्टी एमाले र माओवादी केन्द्रबीच बनेको वाम गठबन्धनबाट मन्त्री बन्न सफल भएकी हुन् ।
  • कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासको मजदुर परिवारमा २०४० मंसिर २२ गते जन्मिएकी बिना मगर मन्त्री बनेपछि वर्तमान सरकारमा मगर समुदायको उपस्थितिलाई अझै दरिलो बनाएकी छन् ।

दुई तिहाईभन्दा बढीको विश्वास रहेको केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकारमा माओवादी केन्द्रको तर्फबाट बिना मगर खानेपानी मन्त्री बनेकी छन् । जनयुद्धकालमा मृत्युको मुखैमा पुगेर फर्किन सफल बिना मगर मुलुकका दुई ठूला पार्टी एमाले र माओवादी केन्द्रबीच बनेको वाम गठबन्धनबाट मन्त्री बन्न सफल भएकी हुन् ।

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासको मजदुर परिवारमा २०४० मंसिर २२ गते जन्मिएकी बिना मगर मन्त्री बनेपछि वर्तमान सरकारमा मगर समुदायको उपस्थितिलाई अझै दरिलो बनाएकी छन् । राज्यको दमन, सामाजिक विभेद र शोषणलाइ नजिकबाट भोगेकी बिना मगर १० वर्षे जनयुद्ध, माओवादी आन्दोलन हुँदै सांसदमा निर्वाचित भएर उनी मन्त्री समेत बनेकी छन् । कञ्चनपुर– १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले विजयी बिना मगर प्रतिनिधिसभामा कञ्चनपुरबाट पुग्ने पहिलो छोरीको रेकर्ड पनि बनाएकी छन् ।

राष्ट्रिय राजनीतिमा स्थापित हुन सफल बिना मगरले १० वर्षे जनयुद्धमा सहभागी हुँदा २७ महिने नारकीय हिरासत जीवन बिताएकी छिन् । त्यतिबेला मृत्युको मुखबाट बचेर फर्किएकी बिना मगर अहिले प्रतिनिधिसभामा निर्वाचित भएर जिल्लाको विकासमा पनि उत्तिकै सक्रिय रहँदै आएकी छन् ।

पुनर्वासको अरनिको प्राविबाट शिक्षा आर्जन गर्न थालेकी बिनाले गौरीशंकर निम्न मावि र जनता मावि पुनर्वासबाट माध्यमिक तहसम्मको शिक्षा आर्जन गरिन् । देश र समाज बुझ्ने क्रममा वर्गीय चेतनाको विकास हुँदै जाँदा बिना मगर विद्रोही बन्दै गइन् । राज्यको विभेदकारी नीतिलाई फेर्ने उद्देश्यका साथ बिना मगर २०५१ सालमा ११ वर्षको कलिलै उमेरदेखि तत्कालीन नेकपा (माओवादी)को आन्दोलनमा सक्रिय भइन् । जनयुद्धको सुरूवाती चरणको सांगठनिक र सांस्कृतिक कार्यक्रममा उनले सक्रियता बढाउँदै राजनीतिक नेतृत्व लिन पनि सुरु गरिन् । सुरुमा माओवादी आन्दोलनमा बिना मगरको सहभागिता जनकलाकारका रुपमा रहेको थियो । यही सिलसिलामा २०५६ सालमा बिना मगरले महिलाहरूको हकअधिकार प्राप्तिका लागि क्रियाशील अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको अध्यक्ष बनेर संगठनको विस्तार र महिला अधिकार स्थापित गर्नेतिर भूमिका निर्वाह गरिन् ।

राजनीतिको आगामी यात्रा र उच्च शिक्षा आर्जन गर्न बिना मगर काठमाडौं हानिइन् । काठमाडौंमा पनि तत्कालीन अखिल क्रान्तिकारीमा आवद्ध हुनुका साथै भूमिगत नेकपा माओवादीको पूर्णकालीन सदस्यको रूपमा काम गर्न थालिन् । क्याम्पस जीवनमा जुझारू नेतृको रूपमा स्थापित हुँदै बिना मगर राजधानीमा पनि लोकप्रिय हुँदै गइन् । रत्नराज्य क्याम्पसको स्ववियू सदस्य पदमा पाएको अत्यधिक मतले बिना मगर विद्यार्थीमाझ लोकप्रिय रहेको सावित भयो । उनी २०६० सालमा अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिन् ।

माओवादी आन्दोलन उत्कर्षमा पुग्दै गर्दा तत्कालीन सत्ताले संकटकाल घोषणा गर्यो । त्यो बेलामा पनि बिना मगर राज्यसत्ताको केन्द्र काठमाडौंमा माओवादी आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेकी थिइन् । राज्यले चलाएको ब्यापक धरपकड र दमन चलिरहँदा बिना मगरलाई २०६० सालमा तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गर्यो । “मानव बधशाला”का रुपमा चिनिएको भैरवनाथ गणमा उनले २७ महिना गुजार्नुपर्यो । बेपत्ताको अवस्थामा रहेकी बिनाले जनताको मुक्ति, व्यवस्था परिवर्तन र जनताको स्वतन्त्रताको संघर्षसँग जोडिएको आन्दोलनको क्रममा बिना मगरले २७ महिनासम्म पाशविक यातना भोग्न वाध्य भइन् ।

सेनाको हिरासतमा रहँदा बिनालाई करेन्ट लगाउने, पानीमा डुबउने, पाइपले पिट्ने लगायतका अमानवीय यातना दिइएको थियो । सेनाको ब्यारेकमा २७ महिनासम्म कहिल्यै पेटभरि खान नदिइएको बिना बताउँछिन् । शरीरभरि यातनाका घाउहरू पाकेका र फोहोरले शरीरभरि जुम्रा परेका थिए । ६ महिनासम्म त नुहाउन पनि दिइएको थिएन । नियमित समयमा दिसापिसाबसम्म गर्न पाइँदैनथ्यो । कठ्याङ्ग्रिदो चिसो रातमा पनि एकसरो लगाएको कपडामा चिसो भूइँमा सुत्नु पर्दथ्यो । तत्कालीन शाही नेपाली सेनाको हिरासतमा रहँदा २७ महिनासम्म चौबीसैं घण्टा आँखामा कालोपट्टि र हात पछाडिपट्टि बाँधेर राखिएको थियो । बिना मगरसँग हिरासतमा रहेका धेरै सहयोद्धाहरू अझैं पनि बेपत्ताकै सूचीमा छन् । उनी सेनाको प्राविधिक कमजोरीले मात्र बाँच्न सफल भएकी थिइन् । आफ्ना धेरै सहयोद्धाहरुलाई बेपत्ता पार्न लैजाने सिलसिलामा ट्रकमा अट्ने ठाउँ नभएपछि बिना मगर संयोगवश ब्यारेकमै छुटेकी थिइन् । जसको प्रतिफल बिना जीवित रहन सफल भइन् । पुनः दोस्रोपटक पनि भैरवनाथ गणबाट बेपत्ता पार्ने मनसायले बिना मगर लगायतका बन्दीहरूलाई शिवपुरी ब्यारेकमा सारिएको थियो । त्यो बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाको खोज र दबाबका कारण बेपत्ता पार्ने योजनालाई सेनाले स्थगित गरेर स्थान परिवर्तन गरी गोरखा ब्यारेक लगेको थियो । पछि मानवअधिकारवादी र परिवारको खोजबाट बिना मगर गोरखा ब्यारेकमा रहेको थाहा भएको थियो ।

यही समय मुलुकमा २०६२(६३ को जनआन्दोलन उत्कर्षमा थियो । त्यति नै बेला परिवारको तर्फबाट रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दर्ता गरिएको थियो । त्यसपछि अदालतले गैरन्यायिक हिरासतबाट बिना मगरलाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतको रिहाइको आदेशलाई बेवास्ता गरी पुनः गिरफ्तार गर्ने प्रशासनको चाललाई राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको संघर्ष र सहयोगले निस्तेज पारेर बिना मगर रिहा भएकी थिइन् । पार्टी बृहत शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि पार्टीले बिना मगरको कार्यक्षेत्र काठमाडौं नै तोक्यो । उनले २०६४ सालमा पुनः अखिल क्रान्तिकारी काठमाडौंको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिन् । आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुका साथै प्रतिकूल परिस्थितिलाई अनुकूलतामा बदल्न सक्ने क्षमता भएकी बिनालाई अखिल क्रान्तिकारीले २०६४ सालको स्ववियू निर्वाचनमा सरस्वती क्याम्पस लैनचौरमा सभापतिको उम्मेदवार बनायो । अनेकौं प्रतिकूलताबीच नेविसंघ र अखिलको संयुक्त प्यानललाई भारी मतका साथ पराजित गरेर बिना मगर स्ववियू सभापतिमा विजयी भएकी थिइन् ।

विद्यार्थी आन्दोलनबाट बिदा भई पार्टी आन्दोलनमा प्रवेश गरेपछि बिना मगरले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाइन् । बिना मगरले आफ्नो जन्मभूमि कञ्चनपुरबाटै पार्टी राजनीति गर्ने निर्णय गरिन् । बाल्यकालमा आफूले देखेको अभाव र समस्याले बिना मगरमा कञ्चनपुरको दक्षिणी क्षेत्रको विकास गर्ने सोच र इच्छा छ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुर– १ बाट झिनो मतले पराजय व्यहोरिन् । निर्वाचनमा आफू पराजित भएतापनि उनी कञ्चनपुरका जनताको सेवामा निरन्तर समर्पित रहिन् । उनीहरुका सुख, दुःख, विकास, निर्माण लगायतका कामहरुमा अहोरात्र खटिरहिन् । आफ्नो क्षेत्रको विकास निर्माणमा दत्तचित्त भएर खटिएकी बिना मगर २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कञ्चनपुर– १ बाटै भारी मतान्तरले विजयी भइन् ।

निर्वाचनको प्रचारकै सिलसिलामा २०७४ मंसिर ३ गते एक्कासी पति प्रकाश दाहालको मृत्युले पतिशोकमा परिन् । झण्डै विक्षिप्तजस्तै भएकी बिना मगर आफूलाई सम्हाल्दै फेरि चुनावी प्रचारमा जुटिन् । जे भएतापनि यसपालि बिनाको भागमा जित पर्यो । प्रदेश नम्बर ७ बाट खानेपानी मन्त्री बनेकी बिनाको काधमा सिङ्गो प्रदेश, जिल्ला र निर्वाचन क्षेत्र र समग्र नेपाली जनताको मुहार फेर्ने र समृद्ध नेपालको निर्माणका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने गहन जिम्मेवारी आइपरेको छ ।

प्रतिक्रिया

50 कमेन्ट

    Comment Author

    Ramesh Tamang

    Natako mantri thik hoina.

    Comment Author

    Surya Niroula

    Badhai suvkamana vagyamani man6e lai

    Comment Author

    Shiva Bhandari

    मन्त्री ज्यु लाई बधाई साथै सफलकार्यकालको शुभकामना ।

    Comment Author

    Bishnu Gaha

    बधाई छ।

    Comment Author

    Sabi Kharel

    badhai mantri banekoma tara mahilako hak adhikar lagi sangharsa garne mahila mahila kai adhikarkhosi sauta baneko kin k yahi ho mahilako lagi sangharsa k thiyo testo karan kunai mahilalai sauta vanda thulo kasta k hunxa duniyama

    Comment Author

    Atul Dafali

    Congratulations

    Comment Author

    Ngima Ssherpa

    हार्दिक बधाई तथा सफल कार्यालयको लागि शुभकामना।

    Comment Author

    Saraswati Thapa

    Congratulations

    Comment Author

    Govinda Dahal

    बधाई तथा शुभकामना छ मन्त्रीज्यू ।

    Comment Author

    Balkrishna Bhattarai

    हार्दिक बधाई

    Comment Author

    Rajan Saragam

    Badhai xa dd,ramro kamko safaltako kamana xa

    Comment Author

    Lila Dhar Adhikari

    Congratulations

    Comment Author

    Shyam Pant

    Yakdum

    Comment Author

    Surya Shrestha

    हार्दिक बधाई एउटा युद्ध बाट फर्किएको योद्धालाई । बिना प्रचण्डको बुहारी भएकोले मन्त्री भएकी होइनन् , मन्त्री हुनको लागि उनीसँग आफ्नै योग्यता प्रशस्त छ ।✊✊✊✊✊✊??????

    Comment Author

    Basanta Ghale Magar

    Congratulation

    Comment Author

    Hirendra Bahadur Bayak Chhetry

    रिप

    Comment Author

    Keshav Neupane

    अरु राम्रो बिबाह गर्दै हिड्ने बानी नराम्रो

    Comment Author

    Gyaljen Sherpa

    Congratulations

    Comment Author

    Som Thapa

    Badhai chha safalkaryakalko shuvakamana

    Comment Author

    Gyan Ghimire

    Congratulatios !!

    Comment Author

    Bbc Chaulagain

    बधाई तथा शुभकामना ।

    Comment Author

    Tek Bahadur Tamang

    Kag lai bel pako harsa na bismat….k ko badhai

    Comment Author

    Himalaya Pokharel

    शुभकामना छ भविष्यमा प्रधानमन्त्री बन्नु हाेला

    Comment Author

    Khadga Stha

    बूढो स्वर्गमा श्रीमति मन्त्रीको किर्सिमा नि

    Comment Author

    Bhesh Gurung

    congratulations comred wish yrs successful tenure

    Comment Author

    Rabina Kc

    Congratulations

    Comment Author

    Min Prasad Paudel

    हार्दिक बधाई

    Comment Author

    Guman Neupane

    Hardik badhai

    Comment Author

    Mohan Parajuli

    Congratulation

    Comment Author

    Gem Bahadur Lama

    Hamro sudura pashchiko mahila bina g lai hardik badhai xa hajurko karekala safala ta hosa kamreda bina g

    Comment Author

    Sita Rai

    बधाई छ !जनताको हितमा काम गर्नु ।

    Comment Author

    Ghana Shyam Magar

    स्वबिबेकले काम गरौं ।पथ पाउनु भन्द्दा टिकाउनु गाह्रो हुन्छ है ।

    Comment Author

    Shrestha Bishal

    purai kahani vanda first husband ko pani history vanidiywko vaye hunthyo ki?

    Comment Author

    Sapkota Kamala

    Congratulations

    Comment Author

    Laxman Chhinal

    बधाई छ कमरेड सफल कार्यकालको शुभकामना

    Comment Author

    Ramesh Poon

    congratulation

    Comment Author

    Hiujal Bogati

    LA Badhai xa

    Comment Author

    Lok Bdr Negi

    Congratulations.

    Comment Author

    Krishna Dhakal

    Congratulations

    Comment Author

    Dawa Blon

    Badhai 6 comred bina ✋✋✋!!!

    Comment Author

    Humkanta Kandel

    Aatanka kari ko dassma aatanka kari na gayra ko janxa ta

    Comment Author

    Ramesh Chatri

    बदाई छ अछामि कानछो

    Comment Author

    Ramesh Chatri

    हार्दिक बदाई छ

    Comment Author

    Madhavi Khanal Sharma

    Congratulations

    Comment Author

    Dahal Bikram

    परिबार मोह कम्रेड प्रचण्ड प्रतापि भुपति

    Comment Author

    Maheshwori Kafle

    Badhai tatha suvakamana

    Comment Author

    Rtn Ganesh Bhusal

    बधाई अनी सफल कार्यकाल को सुभकामना !

    Comment Author

    Menyangbo Krishna Limbu

    Congratulations.

    Comment Author

    Rajkumar Chauhan

    ससुरा वुहारी सर जय

    Comment Author

    Ramchandra Adhikari

    Congratulation

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 50
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनशनरत डा.केसीको पक्षमा प्रदर्शन
अनशनरत डा.केसीको पक्षमा प्रदर्शन
गमलामै फलाउन सकिने फल पेपिनो मेलनको नेपालमा व्यवसायिक सम्भावना
गमलामै फलाउन सकिने फल पेपिनो मेलनको नेपालमा व्यवसायिक सम्भावना
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सभापति लामिछानेले के भने ?
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सभापति लामिछानेले के भने ?
इमर्जिङ्ग नेपालको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?
इमर्जिङ्ग नेपालको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?
पृथ्वीनाराण शाहलाई थुकौ भन्ने आङकाजी शेर्पाको यो कस्तो सन्देश हो ?
पृथ्वीनाराण शाहलाई थुकौ भन्ने आङकाजी शेर्पाको यो कस्तो सन्देश हो ?
वाइडबडी प्रकरण छानविन गर्न सरकारले बनायो समिति
वाइडबडी प्रकरण छानविन गर्न सरकारले बनायो समिति
दशैँ शुरुः बसपार्कमा यात्रु छैनन्
दशैँ शुरुः बसपार्कमा यात्रु छैनन्
‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’
‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’
चुनाव प्रचार गर्न निस्किएका अरविन्द केजरीवालले किन थप्पड खाए ?
चुनाव प्रचार गर्न निस्किएका अरविन्द केजरीवालले किन थप्पड खाए ?
सेवाग्राहीलाई सूचना प्रदान गर्दा अनिवार्य रुपमा सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने !
सेवाग्राहीलाई सूचना प्रदान गर्दा अनिवार्य रुपमा सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने !

तपाईंले छुटाउनुभयो कि?