मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
२६ पटक हेरिएको
Shares
मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

सारांश

  • मनाङ ।
  • शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् ।
  • शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

मनाङ । शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

मनाङमा छात्रा ३१ र छात्र २३ परीक्षामा सहभागी हुने उनले बताए । “यहाँबाट परीक्षामा कम नै परीक्षार्थी हुन्छन्, मनाङ विकट जिल्ला र यहाँबाट विभिन्न विपद्का कारण विद्यार्थी घटेपछि अझ कम भए”, चपाईंले भने । जिल्लाका तीन विद्यालयमा परीक्षा केन्द्र तोकिएको उनले बताए ।

उनका अनुसार चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय, थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालय र मनाङ ङिस्याङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । खुलातर्फबाट छ छात्रले यस शैक्षिकसत्रमा परीक्षा दिन फाराम भरेका उनले बताए ।

लोकप्रियबाट छ खुलासहित गरी १७ छात्रा र सात छात्रले परीक्षा दिनेछन् । प्रकाशज्योतिबाट नौ छात्रा र आठ छात्र तथा अन्नपूर्णबाट तीन छात्रा र दुई छात्र परीक्षामा सहभागी हुनेछन् । लोकप्रिय र प्रकाशज्योतिका एक/एक विद्यार्थीले रजिस्ट्रेशन फाराम भर्न अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

ऐच्छिक प्रथमतर्फ मनाङमा प्राविधिक, अर्थशास्त्र र भूगोल विषय पढाइ हुन्छ । त्यस्तै ऐच्छिक द्वितीयतर्फ बाली विज्ञान, लेखा र शिक्षा विषयको पठनपाठन हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार मिश्रको निधनले स्तब्ध
पत्रकार मिश्रको निधनले स्तब्ध
नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको छ : प्रधानमन्त्री
नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको छ : प्रधानमन्त्री
चाल्स शोभराज सर्वोच्च अदालतमा
चाल्स शोभराज सर्वोच्च अदालतमा
सानालाइ ऐन ठुलालाइ चैन भने जस्तै किन उन्मुक्ति पाउछन पैसावाला र पहुचवालाहरुले ?
सानालाइ ऐन ठुलालाइ चैन भने जस्तै किन उन्मुक्ति पाउछन पैसावाला र पहुचवालाहरुले ?
लोभलालचमा पर्नेहरुको कुरै नगरौ , एमाले जित्दैछ ,कन्चन अधिकारी………..
लोभलालचमा पर्नेहरुको कुरै नगरौ , एमाले जित्दैछ ,कन्चन अधिकारी………..
होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि
होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ
बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ
निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने (विवरणसहित)
निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने (विवरणसहित)
कोरोनाको संक्रमण : मृत्यु हुनेकाे संख्या ४७ हजार १ सय ९२ पुग्याे
कोरोनाको संक्रमण : मृत्यु हुनेकाे संख्या ४७ हजार १ सय ९२ पुग्याे

तपाईंले छुटाउनुभयो कि?