“समय आए नेतृत्व लिन तयार छु”

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
“समय आए नेतृत्व लिन तयार छु”

सारांश

  • सिन्धुली।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको गम्भिर आरोप लगाएका छन् ।
  • उनले सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले यसको प्रतिवाद गरिने चेतावनी दिएका छन् ।

सिन्धुली। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको गम्भिर आरोप लगाएका छन् ।

उनले सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले यसको प्रतिवाद गरिने चेतावनी दिएका छन् । शनिबार नेपाल प्रेस युनियन सिन्धुलीले सन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार एक वर्षको अवधिमा पूर्ण असफल भएको पनि दाबी गरे ।

“ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार आफ्नो साथमा लिँदा लोकतन्त्र नै खतरामा परेको छ”, उनले भने । शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार असफल भएको उनको आरोप छ ।

विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत भएको नेता पौडेलको भनाइ थियो । “कुनै पनि समूहलाई दबाबमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदममा पुनःविचार गर्नुपर्छ”, उनले भने । काङ्ग्रसले आइतबारदेखि ‘मधेश संवाद अभियान’ सञ्चालन गर्न लागेको नेता पौडेलले बताए ।

काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि संस्थागत रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ थियो । आफूले अहिले पार्टी नेतृत्वभन्दा पनि पार्टीमा देखिएको गुटको अन्त्य र पार्टीलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । “समय आए नेतृत्व लिन तयार छु”, नेता पौडेलले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश खारेजीको एजेण्डा लिएर निर्वाचनमा दीपक सिंह महर्जन
प्रदेश खारेजीको एजेण्डा लिएर निर्वाचनमा दीपक सिंह महर्जन
अयोध्यामा हेमा मालिनीले रामायणमा आधारित नृत्य प्रस्तुत गर्ने
अयोध्यामा हेमा मालिनीले रामायणमा आधारित नृत्य प्रस्तुत गर्ने
संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय
संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय
अनुसन्धानमा अब्बल बन्दै प्रहरी
अनुसन्धानमा अब्बल बन्दै प्रहरी
कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते
सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते
साउन ६ गते मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदै
साउन ६ गते मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदै
यस्ता छन् लोकमानका कर्तुतहरु…
यस्ता छन् लोकमानका कर्तुतहरु…
एमाले-पूर्वएमाले १९ ठाउँमा कडा प्रतिस्पर्धा
एमाले-पूर्वएमाले १९ ठाउँमा कडा प्रतिस्पर्धा