विषालु सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
२० पटक हेरिएको
Shares
विषालु सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु

सारांश

  • अस्बिन खड्का ,  २० जेठ ।
  • उदयपुरमा सर्पले टाेक्दा एकै परिवारका दुर्इजनाकाे मृत्यु भएकाे छ ।
  • विषालु सर्पले टोकेर कटारी नगरपालिका–४ सिम्लेका ५५ वर्षीया टीका बस्नेत र उनका १२ वर्षीय नाति सगुनको मृत्यु भएको हाे ।

अस्बिन खड्का ,  २० जेठ । उदयपुरमा सर्पले टाेक्दा एकै परिवारका दुर्इजनाकाे मृत्यु भएकाे छ ।

विषालु सर्पले टोकेर कटारी नगरपालिका–४ सिम्लेका ५५ वर्षीया टीका बस्नेत र उनका १२ वर्षीय नाति सगुनको मृत्यु भएको हाे ।

राति सँगै सुतेका टीका र सगुन लाई  बिषालु सर्पले टोकेको प्रहरीले जनाएको छ।

टीकाको उपचार हुनै नपाई मृत्यु भएको थियो।  सगुनको रणसार्दुल गण कटारीको सर्पदंश उपचार केन्द्रमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिराहाको चोहर्वा मा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा रेफर गरिएपछी  लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी मेघराज अधिकारीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?