ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
३८ पटक हेरिएको
Shares
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)

सारांश

  • काठमाडौं, २४ पुस ।
  • सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं नेपालसम्बन्धी जानकार विजय जोलीले नेपालमा केपी शर्मा ओलीको नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् ।
  • शिखरन्युजसँगको विशेष कुराकानीमा नेता जोलीले शान्तिपूर्ण निर्वाचनका लागि नेपाली जनतालाई बधाई दिँदै नेपाली जनताको निर्णय सधैं सर्वोपरि रहने बताएका छन् ।

काठमाडौं, २४ पुस । सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं नेपालसम्बन्धी जानकार विजय जोलीले नेपालमा केपी शर्मा ओलीको नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् । शिखरन्युजसँगको विशेष कुराकानीमा नेता जोलीले शान्तिपूर्ण निर्वाचनका लागि नेपाली जनतालाई बधाई दिँदै नेपाली जनताको निर्णय सधैं सर्वोपरि रहने बताएका छन् ।
नेता जोलीले माओवादी केन्द्रको साथ लिएर केपी शर्मा ओलीको नेतृत्वमा बन्ने आगामी सरकारबारे उटपट्याङ खालका अडकलबाजी चलिरहेकाले तिनलाई खारेज गरेको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयं फोन गरेर भारतको तर्फबाट बधाई दिनुका साथै समर्थन गरिसकेको स्मण गर्दै नेता जोलीले भनेका छन् “भारत कहिले पनि नेपालको आन्तरिक राजनीतिक घटनाक्रममा हस्तक्षेप गर्ने कुरामा विश्वास राख्दैन । नेपाली जनताको निर्णय सर्वोपरि छ ।” उनले स्थिर सरकारले विकासका साथै रोजगारी सिर्जना गर्ने कुरामा आफू विश्वस्त रहेको पनि बताएका छन् ।
भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीसँगको विशेष अन्तर्वार्ता :

https://youtu.be/pjSfAOlQ_sc

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?