आजदेखि नयाँ नोट साट्न पाइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
आजदेखि नयाँ नोट साट्न पाइने

सारांश

  • काठमाडौं।
  • आजदेखि नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ।
  • नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आजदेखि नयाँ नोट साट्न पाइने भएको हो।

काठमाडौं। आजदेखि नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ। नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आजदेखि नयाँ नोट साट्न पाइने भएको हो।

जसका लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा सर्बसाधारणलाई दिँदैछ। जसअनुसार नेपाल राष्ट्र बैंकले काठमाडाैं उपत्यकाभित्र राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुबिधा दिएको हाे।

उता, काठमाडाैं उपत्यका बाहिरको हकमा भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा बिभिन्न वाणिज्य बैंकका शाखा कार्यालयमा नयाँ नोट साट्न सकिने गरी ब्यबस्था मिलाएकाे छ।

राष्ट्र बैंकले हरेक वर्ष दशैं अगाबै चाडबाडकाे अवसरमा नयाँ नोट सटहीको सुविधा सर्बसाधारणलाई दिँदै आएको छ। यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बै‌कले जनाएकाे छ। प्रतिब्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको बव्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?