सरकारमा सहभागिता बारे समिक्षा गर्दै फोरम

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
१७ पटक हेरिएको
Shares
सरकारमा सहभागिता बारे समिक्षा गर्दै फोरम

सारांश

  • काठमाडौं, २२ मंसिर ।
  • संघिय समाजवादी फोरमको केन्द्रीय समितिको बैठक शनिवार बस्ने भएको छ ।
  • सरकारको समिक्षा र पार्टीको महाधिवेशनको बिषयमा निर्णय गर्न केन्द्रिय कार्यसमितिको बैठक बोलाईएको हो ।

काठमाडौं, २२ मंसिर । संघिय समाजवादी फोरमको केन्द्रीय समितिको बैठक शनिवार बस्ने भएको छ । सरकारको समिक्षा र पार्टीको महाधिवेशनको बिषयमा निर्णय गर्न केन्द्रिय कार्यसमितिको बैठक बोलाईएको हो । शनिवार बस्ने केन्द्रीय समितिको बैठकमा सरकारको समिक्षा र संविधान संशोधनको मुद्धा लगायतका बिषयमा छलफल गरिने पार्टी अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।

बैठक बिहान ११ बजे फोरमको पार्टी कार्यालय तिनकुनेमा बोलाइएको छ । सरकारले संबिधान संसोधनमा चासो नदेखाएको भन्दै फोरमले सरकारबाट बाहिरिने वा सरकार माथि दबाव दिने भन्ने बिषयमा छलफल केन्द्रित गर्न लागेको हो ।

संविधान संशोधन गर्ने सहमतिसहित फोरम वर्तमान सरकारमा सहभागि भएको थियो । सरकार गठनको करिब १० महिना पुग्न लाग्दा समेत सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाएको छैन ।

(hhcdropshipping.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?