भुटानका बर्तमान राजा, जो अविवाहित आमाको पुत्रको रुपमा नेपालमा जन्मिएका थिए

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २, २०७६
|
|
४२ पटक हेरिएको
Shares
भुटानका बर्तमान राजा, जो अविवाहित आमाको पुत्रको रुपमा नेपालमा जन्मिएका थिए

सारांश

  • २१ फेब्रुअरी सन् १९८० मा भुटानी मूलको बालकको काठमाडौंस्थित अस्पतालमा जन्म भयो ।
  • भुटान सरकार देखि नेपाल सरकारले समेत ती बालक भुटानको शाही परिवारका हुन् भन्ने सूचना पाएन ।
  • बालककी आमा छिरिङ योङडोन अविवाहित थिइन् ।

२१ फेब्रुअरी सन् १९८० मा भुटानी मूलको बालकको काठमाडौंस्थित अस्पतालमा जन्म भयो । भुटान सरकार देखि नेपाल सरकारले समेत ती बालक भुटानको शाही परिवारका हुन् भन्ने सूचना पाएन । बालककी आमा छिरिङ योङडोन अविवाहित थिइन् । भुटानी सेनाका वरिष्ठ अधिकारी याब युगेन डोर्जीकी छोरी थिइन् छिरिङ ।

छिरिङले जन्म दिएकी बालकको नाम पछिमात्र जिग्मे केशर नामग्याल वाङचुक राखियो । शुरुमा उनको नाम जिग्मे गेसर थियो । बालक नामग्याल आठ वर्षको भएपछि मात्र भुटानी राजा जिग्मे सिङ्गे वाङचुकसँग विवाह भएको थियो । सन् १९८८ मा छिरिङसँगको विवाहलगत्तै राजा वाङचुकले नामग्याललाई भुटानको राजगद्दीको उत्तराधिकारी घोषित गरे ।

आठ वर्षको उमेरमा युवराज घोषित भएका नामग्याल भुटानको भावी राजाका लागि तयार गरिएका थिए । उनलाई विदेशमा विशेष शिक्षादिक्षा दिइएको थियो । १४ डिसेम्बर सन् २००६ मा नामग्याल राजा घोषित भए । उनको राज्याभिषेक ६ नोभेम्बर सन् २००८ मा भयो ।

भुटानको राजा भएपछि पनि नामग्याल काठमाडौंमा जन्मिएको रहस्यकै गर्भमा थियो । उनले यसको खुलासा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा गरे । उनी नेपाल भ्रमणमा आउँदा आफू जन्मिएपछि बाल्यकालमा केही समय बिताएको घरमा समेत पुगेका थिए ।

राजा नामग्याल राजा नभएसम्म काठमाडौंमा जन्मिएको खुलासा नगर्नुमा एउटा कारण थियो । भुटानको नागरिक हुन भुटानमै जन्मिएको हुनुपर्ने कानुनी व्यवस्था छ । जे होस्, भुटानी राजा जिग्मे केशर नामग्यालको काठमाडौंसँग भावनात्मक सम्बन्ध छ । उनले बेला बेलामा नेपाली अधिकारीहरुसँगको भेटमा यसलाई व्यक्त गर्छन् ।

नेपाली राम्रो बोल्न सक्ने भुटानी राजा नामग्यालले भुटानका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँग आफू काठमाडौंमा जन्मिएकाले नेपालसँग भावनात्मक साइनो रहेको खुलाए । राजदूतका रुपमा ओहदाको प्रमाणपत्र लिने क्रममा आचार्यलाई भुटानी राजाले यसको जानकारी दिए ।

(इन्द्र अधिकारीले सन् २०१० मा आइपीएमा प्रकाशित गरेको लेखेलाई केही सम्पादन गरी पछिल्लो घटनासँग जोडेर प्रकाशित गरिएको हो)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?