प्रदेश २ का भाग्यमानी उम्मेदवार, चुनाव गर्नै नपर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रदेश २ का भाग्यमानी उम्मेदवार, चुनाव गर्नै नपर्ने

सारांश

  • काठमाडौं, १५ माघ- प्रदेश नम्बर २ मा राष्ट्रियसभाको निर्वाचन नहुने भएको छ ।
  • आठवटै पदमा एकल उम्मेद्वारी परेकाले चुनाव नभई निर्विरोध निर्वाचित हुने भएको हो ।
  • निर्वाचन अधिकृतको कार्यालयले आज निर्विरोध निर्वाचित भएको घोषणा गर्ने निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौं, १५ माघ- प्रदेश नम्बर २ मा राष्ट्रियसभाको निर्वाचन नहुने भएको छ । आठवटै पदमा एकल उम्मेद्वारी परेकाले चुनाव नभई निर्विरोध निर्वाचित हुने भएको हो । निर्वाचन अधिकृतको कार्यालयले आज निर्विरोध निर्वाचित भएको घोषणा गर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश २ बाट छनौट हुने ८ वटै पदमा एकएकजनाको उम्मेदवारी परेको कारण चुनाव गर्न आवश्यक नभएको निर्वाचन आयोगले जानकारी दिएको छ । पाँच उम्मेदवार मनोनयकै दिन निर्विरोध भएकोमा खुला तर्फका उम्मेदवार नेपाल संघीय समाजवादी पार्टीबाट मोहमद अख्तर हुसैनले नाम फिर्ता लिएपछि अन्य ३ उम्मेदवार पनि निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए ।

मनोनयनकै दिन अल्पसंख्यकबाट राजपाका बृखेशचन्द्र लाल, दलितबाट संघीय समाजवादी फोरमका रामपृत पासवान, महिलातर्फ माओवादीकी शशीकला दाहाल, फोरमबाट प्रमिलादेवी यादव र कांग्रेसकी मोक्ताकुमारी यादव निर्विरोध भएका थिए । चुनाव तोकिएको माघ २४ गते चुनाव तोकिएकाले सोही दिन प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृतले बताए ।

८ सीट रहेको प्रदेशमा खुलातर्फको ३ सिटमा ४ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन आइतबार हुसैनले नाम फिर्ता लिएपछि कांग्रेसका जितेन्द्र देव, राजपाका रमेश यादव र एमालेका सुमन प्याकुरेल निर्विरोध निर्वाचित भएका हुन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?