बीपीका डाक्टर अस्पताल बन्द गरेर काठमाडौं हिँडेपछि मेयरले प्रधानमन्त्री गुहारे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २९, २०७७
|
|
२७ पटक हेरिएको
Shares
बीपीका डाक्टर अस्पताल बन्द गरेर काठमाडौं हिँडेपछि मेयरले प्रधानमन्त्री गुहारे

सारांश

  • धरान, २९ साउन ।
  • विश्‍वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ नियन्त्रणमा जुट‍्नुपर्ने बेलामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञ चिकित्सक र पदाधिकारी काठमाडौं प्रस्थान गरेका छन्।
  • बुधबारदेखि प्रतिष्ठानको ओपीडी सेवा बन्द गरेर डाक्टर शुक्रबार हुने सिनेट बैठकमा भाग लिन काठमाडौं गएको बताइएको छ ।

धरान, २९ साउन । विश्‍वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ नियन्त्रणमा जुट‍्नुपर्ने बेलामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञ चिकित्सक र पदाधिकारी काठमाडौं प्रस्थान गरेका छन्।

बुधबारदेखि प्रतिष्ठानको ओपीडी सेवा बन्द गरेर डाक्टर शुक्रबार हुने सिनेट बैठकमा भाग लिन काठमाडौं गएको बताइएको छ । सरकारले भेला, बैठक र सभा सम्मेलन गर्न प्रतिबन्ध लगाएको भएपनि स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्देशनमा प्रतिष्ठानका उपकुलपती डा। ज्ञानेन्द्र गिरीले शुक्रबार प्रतिष्ठानको सिनेट बैठक काठमाडौंमा बेलाएका छन् ।

बैठकमा भाग लिन प्रतिष्ठानका डेड दर्जन चिकित्सक काठमाडौं गएको बुझिएको छ । काठमाडौं जाने चिकित्सकले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सवारी पास लिएर काठमाडौं गएको बुझिएको छ ।

प्रतिष्ठानका चिकित्सक अस्पतालको स्वास्थ्य सेवा बन्द गरेर काठमाडौं गएपछि कोरोना संक्रमित बिरामी र अन्य गम्भीर प्रकृतिका बिरामीको उपचारमा गम्भीर असर पुगेको छ ।

प्रतिष्ठानले कोरोना संक्रमित बिरामीलाई भर्ना नलिए पश्चात धरानका १८ जना संक्रमित उपचार पाउनबाट बञ्चित भएका छन् । यस्तो बेलामा अस्पताल बन्द गरेर प्रतिष्ठानका पदाधिकारीसहित चिकित्सक काठमाडौं जानु अत्यन्तै गलत र बिरामीको चरम लापरवाही भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।

प्रतिष्ठानको सिनेट सदस्य समेत रहेका मेयर राईले सिनेट बैठक स्थगित गरी कोरोना नियन्त्रणमा लाग्न पटकपटक अनुरोध गर्दा समेत स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीलगायतका पदाधिकारीले अटेर गरेको बताए ।

मेयर राईले तीन महिना अगाडि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको कोभिड अस्पताल संचालन गर्न प्रतिष्ठानका उपकुलपती डा। गिरीलगायतका पदाधिकारीले अटेर गरेका कारण १८ जना संक्रमितलाई होम आइसोलेसनमा राख्नु परेको बताए ।

उनले प्रतिष्ठानका पदाधिकारीले कोभिड अस्पताल संचालन नगरेका कारण धरान उपमहानगरपालिकाले हरियाली सामुदायिक वनको भवनमा २३ बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको बताए ।

मेयर राईले प्रतिष्ठानको सिनेट बैठक स्थगित गर्न स्वास्थ्यमन्त्री ढकाललाई लिखित आग्रह गरिएको भएपनि अटेर गरिएको भन्दै तत्काल बैठक स्थगित गरी चिकित्सक‍लाई बिरामीको सेवामा फर्काउन प्रधानमन्त्रीसमक्ष माग गरेका समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्तारुढ गठबन्धनले चुनावी तालमेलको मोडालिटी भोलि तय गर्ने
सत्तारुढ गठबन्धनले चुनावी तालमेलको मोडालिटी भोलि तय गर्ने
पारस शाह र धीरेन्द्र पुत्रीहरुको दैनिकी यस्तो छ
पारस शाह र धीरेन्द्र पुत्रीहरुको दैनिकी यस्तो छ
गिरिजाप्रसाद कोइराला कम्युनिस्ट थिए…
गिरिजाप्रसाद कोइराला कम्युनिस्ट थिए…
भारतमा लम्ब्याइएको ‘लकडाउन’मा केही क्षेत्रलाई खुकुलो बनाइँदै
भारतमा लम्ब्याइएको ‘लकडाउन’मा केही क्षेत्रलाई खुकुलो बनाइँदै
प्रधानमन्त्रीको राजिनामा माग
प्रधानमन्त्रीको राजिनामा माग
फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा
फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा
तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि
तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि
पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन
पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन
७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी
७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी
“एमाले-माअोवादीको गठबन्धनले अधिनायकवाद निम्त्याउछ “-आरजु राणा देउवा  ।
“एमाले-माअोवादीको गठबन्धनले अधिनायकवाद निम्त्याउछ “-आरजु राणा देउवा ।

तपाईंले छुटाउनुभयो कि?