बसले ठक्कर दिंदा एक महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२० पटक हेरिएको
Shares
बसले ठक्कर दिंदा एक महिलाको मृत्यु

सारांश

  • चितवन ।
  • चितवनमा बसले ठक्कर दिंदा एकजना पैदलयात्रुको मृत्यु भएको छ ।
  • बसको ठक्करबाट अन्दाजी ३० वर्षीया देखिने एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन । चितवनमा बसले ठक्कर दिंदा एकजना पैदलयात्रुको मृत्यु भएको छ । बसको ठक्करबाट अन्दाजी ३० वर्षीया देखिने एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राजविराजबाट काठमाडौँ जाँदै गरेको ना ५ ख १५६२ को बसले आज बिहान भरतपुर महानगरपालिका–१ रामनगरमा महिलालाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । महिलालाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरी नियन्त्रणामा लिइएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?