बौद्धनाथ परिसरमा शेर्पा संघको रक्तदान

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ३, २०७६
|
|
३२ पटक हेरिएको
Shares
बौद्धनाथ परिसरमा शेर्पा संघको रक्तदान

सारांश

  • शनिबार काठमाडौँको बौद्धनाथ परिसरमा नेपाल शेर्पा संघको बागमती प्रदेश समितिले रक्तदान कार्यक्रम आयोजना गर्यो ।
  • २१४७ औं ग्याल्पो ल्होसारको अवसरमा आयोजित रक्तदान कार्यक्रममा करिब सय जनाले रक्तदान गरेको नेपाल शेर्पा संघ बागमती प्रदेश समितिका अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।
  • संघको बागमती प्रदेश समितिले पहिलोपटक रक्तदान कार्यक्रमको आयोजना गरेको उल्लेख गर्दै रक्तदानका लागी आफुहरुले सोचेभन्दा बढि सहभागिता भएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

शनिबार काठमाडौँको बौद्धनाथ परिसरमा नेपाल शेर्पा संघको बागमती प्रदेश समितिले रक्तदान कार्यक्रम आयोजना गर्यो । २१४७ औं ग्याल्पो ल्होसारको अवसरमा आयोजित रक्तदान कार्यक्रममा करिब सय जनाले रक्तदान गरेको नेपाल शेर्पा संघ बागमती प्रदेश समितिका अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।

संघको बागमती प्रदेश समितिले पहिलोपटक रक्तदान कार्यक्रमको आयोजना गरेको उल्लेख गर्दै रक्तदानका लागी आफुहरुले सोचेभन्दा बढि सहभागिता भएको अध्यक्ष शेर्पाले जानकारी दिए । रगतको आवश्यकता जोकोहीलाई पनि पर्न सक्ने भएकाले संघको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको उनको भनाई छ ।

शेर्पा समुदायको हक, अधिकार जगेर्ना र कलासंस्कृतिको संरक्षण एवम् प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित शेर्पा संघले विविध कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?