तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ४, २०७९
|
|
२४ पटक हेरिएको
Shares
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो

सारांश

  • काठमाडौँ  ।
  • नेपालीहरुको दोश्रो महान चार्ड तिहार नजिकै आएको छ ।
  • तिहारलाई विशेष गरेर फुलमालाको पर्वको रुपमा पनि चिन्ने गरिन्छ ।

काठमाडौँ  । नेपालीहरुको दोश्रो महान चार्ड तिहार नजिकै आएको छ । तिहारलाई विशेष गरेर फुलमालाको पर्वको रुपमा पनि चिन्ने गरिन्छ । विशेष गरेर लक्ष्मीको पुजा तथा दिदीबहिनीको हातमा टिका ग्रहण साथै देउसी भैली खेल्नु तिहारका विशेषता हुन । तिहारमा झिलीमिली बत्ति बालेर लक्ष्मीको पुजा गरे लक्ष्मीको कृपा प्राप्त हुने किंबदन्दी चलिआएको छ ।

तिहारको पूर्वसन्ध्यामा सुमधुर स्वरकी धनी गायिका इन्दिरा भट्टराईद्धारा लक्ष्मी भजन बजारमा ल्याएकी छन । महालक्ष्मी मन्त्र सहितको भजन निकै लोकप्रिय र सदाबहार हुने संगीतकर्मीहरुको भनाइ रहेको छ ।

सागर अधिकारीको शब्द संगीत रहेको उक्त भजनमा इन्दिरा भट्टराईको स्वर रहेको छ । भजन हर्ट अफ हिमालय म्युजिक एन्ड ट्रेजरले बजारमा ल्याएको हो । भजनको भिडियो लाई आर्यन विमलीले छायाँकन गरेका हुन भने निर्देशन तथा सम्पादन सञ्चारकर्मी कमल फुयाँले गरेका हुन ।

भिडियोमा ग्रेसियन सापकोटालाई लक्ष्मीको अवतारमा देखाउन खोजिएको छ । साथमा गणेश सापकोटा, सपना गिरी, सरीता बस्नेत लगायतको अभिनय देख्न सकिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?