भ्रष्टाचार ठहर सुभाषलाई जेल नबसी उम्कने बाटो खुलेपछि…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
भ्रष्टाचार ठहर सुभाषलाई जेल नबसी उम्कने बाटो खुलेपछि…

सारांश

  • काठमाडौं ।
  • नेपाल पर्यटन बोर्डका तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुभाष निरौलालाई धरौटीमा पुनरावेदन गर्ने सर्वोच्च अदालतले सुविधा दिने आदेश गरेको छ ।
  • आदेशपछि विशेष अदालतबाट भ्रष्टाचार मुद्दा ठहर भएका निरौलालाई जेल नबसी धरौटीमा उम्कने बाटो मिलेको हो ।

काठमाडौं । नेपाल पर्यटन बोर्डका तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुभाष निरौलालाई धरौटीमा पुनरावेदन गर्ने सर्वोच्च अदालतले सुविधा दिने आदेश गरेको छ ।

आदेशपछि विशेष अदालतबाट भ्रष्टाचार मुद्दा ठहर भएका निरौलालाई जेल नबसी धरौटीमा उम्कने बाटो मिलेको हो ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सर्वोच्चले यसअघि गरेको दरपीठ (दर्ता गर्न नपाउने) आदेश बदर गर्दै पुनरावेदन दिनपाउने आदेश गरेको हो ।

विशेष अदालतले निरौलालाई २०७४ फागुन १० मा पर्यटन बोर्डमा भएको करिब डेढ अर्ब रुपैयाँबराबरको भ्रष्टाचार काण्डमा मुख्य दोषी ठहर गर्दै सात वर्ष कैद सजाय सुनाएको थियो । निरौलालाई ८० लाख ५१ हजार बिगो र ५४ लाख ५९ हजार रुपैयाँ जरिबाना पनि विशेष अदालतले तोकेको छ ।

विशेष अदालतबाट फैसला मुद्दाको क्रममा थुनामा नबसेका निरौलाले धरौटीमा बस्नेगरी माग गर्दै पुनरावेदन दिन सर्वोच्च पुगेका थिए ।

सर्वोच्च प्रशासनले निरौलाले दर्ता गर्न गएको पुनरावेदनमा विशेषले सुनाएको कैद भुक्तान गर्नुपर्ने र पुनरावेदन गर्न नपाउने भन्दै यही कात्तिक ८ मा दरपीठ (दर्ता गर्न नपाउने) आदेश गरिदिएको थियो ।

उनले फेरि कात्तिक १३ मा सर्वोच्चको दरपीठ आदेश विरुद्ध निवेदन दिएका थिए । निरौलाको बेरितको आदेश बदर गरिपाऊँ भन्ने मुद्दामा सर्वोच्चले उनले भने बमोजिमको आदेश गरेको हो ।
‘मुद्दा पुर्पक्षको क्रममा थुनामा नबसी धरौटमा रहेको र निजलाई विशेष अदालत काठमाडौंबाट १० वर्षभन्दा कम ७ वर्ष कैद सजाय हुने फैसला भएकाले निवेदकको स्वास्थ्यलाई हेर्दा पुनरावेदनको क्रममा निवेदनलाई धरौट वा जमानत लिइ अनुमत िदिनु कानुनसम्मत र न्यायोचित देखिएको’ सर्वोच्चले आदेशमा भनेको छ ।

सर्वोच्चले निवेदक निरौलालाई मुलुकी फौजदारी कार्यविधि ऐनको दफा १३७ को सुविधा दिंदै कात्तिक ८ मा भएको दरपीठ बदर गरिदिएको छ ।

‘अब उप्रान्त निवेदकसँग कानुन बमोजिम लाग्ने धरौट वा जमानत लिइ पुनरावेदन गर्ने सुविधा गर्नुहोला’ सर्वोच्चको आदेशमा भनिएको छ ।

सर्वोच्चको यो आदेशसँगै विशेष अदालतबाट भएको फैसला अनुसार भ्रष्टाचार मुद्दा ठहरिएका निरौलाले जेल नबसी धरौटी तिरेर उम्कन पाउनेछन् । विशेष अदालतले सुभाष निरौलालाई ७ वर्ष कैदसहित ८० लाख ५१ हजार बिगो र ५४ लाख ५९ हजार रुपैयाँ जरिबाना ठहर गरेको हो ।

निरौलासँगै बोर्डका तत्कालीन लेखा शाखा प्रमुख अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय, ५० लाख २९ हजार बिगो र २४ लाख ३७ हजार रुपैयाँ जरिबाना तोकिएको छ । त्यसैगरी वल्र्डवाइड एसियन ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक महेन्द्र खनाललाई पनि यही प्रकरणमा दोषी ठहर गर्दै १ लाख ५४ हजार बिगो तिराउने फैसला अदालतले सुनाएको छ । बिगो रकम पर्यटन बोर्डले असुल गर्नुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
आज हरितालिका तीज, देशभरका शिवालयमा घुइँचो
आज हरितालिका तीज, देशभरका शिवालयमा घुइँचो
सञ्जीव पराजुलीको किन कर्के नजर रिलोडेड with Video
सञ्जीव पराजुलीको किन कर्के नजर रिलोडेड with Video
केन्याको विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो
केन्याको विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो
निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छः सभापति देउवा
निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छः सभापति देउवा
के छन् काठमाडौं मेयर पदका उम्मेदवारका विकास  अजेन्डा !
के छन् काठमाडौं मेयर पदका उम्मेदवारका विकास अजेन्डा !
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
जब श्रीमानले नै एकरातका लागि ३२ रुपैयाँमा श्रीमती बेच्छन्….
जब श्रीमानले नै एकरातका लागि ३२ रुपैयाँमा श्रीमती बेच्छन्….
प्रदेश सांसदले गाडी सुविधा माग्नुलाई के भन्नु हुन्छ ?
प्रदेश सांसदले गाडी सुविधा माग्नुलाई के भन्नु हुन्छ ?
मानव स्रोत विकास केन्द्रमा कामविहीन चार सहसचिव
मानव स्रोत विकास केन्द्रमा कामविहीन चार सहसचिव

तपाईंले छुटाउनुभयो कि?