हिलोमा धसिएको जहाज निकालियो, १२ घण्टापछि त्रिभुवन बिमानस्थल सूचारु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
हिलोमा धसिएको जहाज निकालियो, १२ घण्टापछि त्रिभुवन बिमानस्थल सूचारु

सारांश

  • काठमाडौं ।
  • नेपालगञ्जबाट काठमाडौं आएको यती एयरको जहाज हिजो राति त्रिभुवन विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेपछि बन्द भएको विमानस्थल बल्ल सुचारु भएको छ ।
  • विमानस्थल अवरुद्ध भएपछि विदेशबाट आएका विमान फर्काइएको थियो ।

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आएको यती एयरको जहाज हिजो राति त्रिभुवन विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेपछि बन्द भएको विमानस्थल बल्ल सुचारु भएको छ ।
विमानस्थल अवरुद्ध भएपछि विदेशबाट आएका विमान फर्काइएको थियो ।

हिजो बेलुका आएका विमान सबै भारत डाइभर्ट गरिएको थियो भने नेपालबाट हुने कुनै पनि उडान हुन सकेका थिएनन् । राति साढे ८ बजेदेखि बन्द भएको विमानस्थल अहिले बिहान ९ बजेदेखि शुचारु भएको बताइएको छ ।

नेपालगञ्जबाट काठमाडौं आएको यतीको जेट स्ट्रिम विमान अवतरणपछि करिब ९ सय मिटर अघि बढिसकेपछि धावनमार्गमै चिप्लिएको थियो । २१ जना यात्रु बोकेर आएको जहाज धावनमार्गबाट चिप्लिएर १० मिटर पर घाँसेमैदानमा पुगेको थियो ।

घाँसे मैदानको हिलोमा धसिएको जहाज नेपाली सेना, प्रहरी, कर्मचारीले तानेर रनवेमा निकाली पार्किङमा लगिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?