प्रधानमन्त्री ओलीको चीनिया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो
सारांश
- काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
- प्रधानमन्त्री ओली र चीनका उपविदेश मन्त्रीवाङ वाजुनसँगको भेटघाटको क्रममा चीनियाँ राष्ट्रपति सि जिङ पिङलाई नेपाल भ्रमणको निम्तो दिंदै स्वागत गर्न आतुर रहेको बताएका हुन् ।
- “हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजनीतिक भ्रमण हुनु आवश्यक छ” प्रधानमन्त्री ओलीले भने, “चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आतुर छौं ।
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । प्रधानमन्त्री ओली र चीनका उपविदेश मन्त्रीवाङ वाजुनसँगको भेटघाटको क्रममा चीनियाँ राष्ट्रपति सि जिङ पिङलाई नेपाल भ्रमणको निम्तो दिंदै स्वागत गर्न आतुर रहेको बताएका हुन् ।
“हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजनीतिक भ्रमण हुनु आवश्यक छ” प्रधानमन्त्री ओलीले भने, “चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आतुर छौं ।”

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने बताए । “हामी एक चीन नीतिका पक्षमा छौं । यो हाम्रो स्थायी नीति हो । यस नीतिलाई हामी आघात पर्न दिदैनौ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको ट्रान्सपोट र टा«न्जिट सन्धीलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको बताए । “सन् २०१६ को मार्चमा चीनसँग गरिएको सन्धीलाई हामी छिटै निष्कर्षमा पु¥याउदैछौं” प्रधानमन्त्री ओलीले भने, “हामी भूपरिवेष्टित देश भएकोले यो सन्धीमार्फत हामी समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहन्छौं ।”
उपविदेशमन्त्री वाङले नेपाल चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताए । प्रधानमन्त्री ओली चीन भ्रमणका बेला नेपालको विकास र नेपालचीन सम्बन्धका थुप्रै आयामकाबारे सहमतिलाई कार्यन्वयनका लागि चीन आतुर रहेको बताए । “सरकार सरकारका बीच र जनस्तरबाट पनिनेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमात्यसलाई उपयोग गर्नुपर्दछ” वाङले भने ।
प्रतिक्रिया