सर्वोच्चले सरकारको निर्णय माग्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
५१ पटक हेरिएको
Shares
सर्वोच्चले सरकारको निर्णय माग्यो

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय झिकाउने आदेश जारी गरेको छ ।
  • न्यायाधीशहरु हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा गर्ने गृहमन्त्रालयको निर्णय झिकाउने आदेश शुक्रबार जारी गरेको हो ।

काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय झिकाउने आदेश जारी गरेको छ ।

न्यायाधीशहरु हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा गर्ने गृहमन्त्रालयको निर्णय झिकाउने आदेश शुक्रबार जारी गरेको हो ।

सरकारले केही स्थानमा निषेधाज्ञा जारी गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको रिट निवेदनमाथिको सुनुवाइपछि यही असार २२ गते न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरी आजका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । दुवै पक्षको छलफलपछि अदाललते सरकारले गरेको निर्णय झिकाउने आदेश जारी गरेको हो ।

सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी काठमाडौँ जिल्लाको सुरक्षालाई ध्यानमा राखेर शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवासलगायत काठमाडौँ महानगरपालिकाका विभिन्न स्थानमा सभा, जुलुस वा प्रदर्शन गर्न रोक लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?