चुनाबपछि संविधान संशोधन हुन्छ, ओलीप्रधानमन्त्री बन्नुहुन्छ – लालबाबु पण्डित

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
चुनाबपछि संविधान संशोधन हुन्छ, ओलीप्रधानमन्त्री बन्नुहुन्छ – लालबाबु पण्डित

सारांश

  • विराटनगर, २९ कार्तिक ।
  • नेकपाएमालेका नेताएवम् मोरङ् क्षेत्र नम्बर ६ काप्रतिनिधि सभाकालागि प्रत्यक्षतर्फकावाम गठबन्धनका उम्मेद्धवार लालबाबु पण्डितले आफू चार हजार ५ सय मतले विजयी हुने दाबी गरेका छन् ।
  • बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता पण्डितले यस्तो दाबी गरेकाहुन् ।

विराटनगर, २९ कार्तिक । नेकपाएमालेका नेताएवम् मोरङ् क्षेत्र नम्बर ६ काप्रतिनिधि सभाकालागि प्रत्यक्षतर्फकावाम गठबन्धनका उम्मेद्धवार लालबाबु पण्डितले आफू चार हजार ५ सय मतले विजयी हुने दाबी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता पण्डितले यस्तो दाबी गरेकाहुन् । उनले भने,‘म मैैदानमाआउनुभन्दा ९ महिना अघि नै भनेको छु कि म चुनाव जित्छु, किनकीकांग्रेसकाउम्मेद्धवार शेखर कोइरालाले विराटनगरलाई महानगर हुननदिनप्रपञ्च रचेको कुरा यहाँकाजनतालाई राम्रोसँग थाहा छ, त्यतिमात्रै नभए विराटनगरलाई प्रदेशको राजधानी बनाउन नदिने षड्यन्त्र पनि उहाँले नै गर्नुभएको हो।’
उनले आफू विराटनगरलाई महानगरपालिका र प्रदेशको राजधानी बनाउनुपर्छ भनेर विगतदेखि नै बोल्दै आएको उल्लेख गर्दै यहीविषयलाई लिएर चुनावी मैदानमा भएको दाबी गरे । उनले भने, ‘ऋषिजी तपाईसँग शेखरजीले सय प्रतिशतमतले जित्छु भन्नुभएछ, तर म २०० प्रतिशत विश्वस्त छुु, म चुनाव जित्छु, घोषणा हुनमात्रै बाँकी छ ।’
उनले मोरङ मनमहोन अधिकारी, मदन भण्डारी, भरतमोहनअधिकारी र लालबाबु पण्डितको कार्यथलो भएको बताउँदै यहाँकुनै कोइरालाको केहीचल्नेवालानभएको समेत जिकिर गरे । उनले थपे,‘म त अहिले जित्नको लागि मैदानमा छु, यो क्षेत्रकाजनताले मलाई रुचाउनुभएको छ, मलाई जिताउनको लागिउहाँहरु आँतुर हुनुहुन्छ।’
उनले उक्त क्षेत्रमा शेखर कोइरालाको विपक्षमाजनमतरहेको समेत दाबी गरे । ‘पण्डित यहीभुमिमा छ, यो पण्डितले जनताका घर–घरमा राजनीति पुर्याउने गरेको छ, विराटनगरमात्रै होईन, मेरो बारेमा देशकाजनता सबैलाई थाहा छ, म त टुपुक्क विराटनगर आएको होईन नि, म त यही क्षेत्रकाजनताको सेवामानिरन्तर लागिपरिरहेको छु’–उनले भने।
आफू कहिल्यैपनिमधेशको विरोधीनभएको उनको जिकिर थियो । उनले थपे,‘म त भन्छु मधेशीजनताकहिल्यै पनिदेश र जनताकोविरोधीथिएनन्, तर पनिमधेशलाई जसले टुक्रा बनाएर अलग बनाउन चाहेकाथिए, हो म तीनीहरुको पक्षमाथिईंन, तर म मधेशको समृद्धिको पक्षमा जहिल्यैपनि छु, लालबाबु पण्डितले जहिले जहिले अवसर पाएको छ, देश र जनताको लागिपहिलो नम्बरमाकाम गरेको छु।’
उनले विराटनगरमा एमालेका कोइराला आफूसँगै रहेको बताउँदै भने,‘धरहराको टुप्पोमाआफूलाई ठान्नेले जनताको दुख बुझ्दैन, म साईकल चढेर नै जनताको घरघरमाछु, अहिले त धराहर त भत्कियो, मैले भत्काईसकेको छु, कोइराला परिवारको विरासत भत्किन्छ । भत्किन्छ ।’ आफू चुनावकुनैपनिहालतमानहार्ने उनको जिकिर थियो । उनले थपे,‘म त चुनावहार्दैहार्दिन । मैले चुनावहार्नु भनेको त आकाश खस्नु सरह हो, त्यसैले यहाँआकाश खस्दै खस्दैन् । मैले हार्छु भन्ने सोच राखेकै छैन । म त जनताको विश्वासमा छु, जनताले मनैदेखि मलाई रुचाउनु भएको छ।’ उनले मोरङको मात्रै नभएर हरेक ठाउँबाट आफूलाई सहयोग र समर्थन रहेको स्पष्ट पारे ।
मोरङमा शेखर कोइरालाले विकास गरे कि गरेननभन्ने कुरा जनताले राम्रोसँग बुझेको बताए । उनले थपे,‘विराटनगरलाई महानगरपालिकाबनाउने कुरामा एक नम्बरको बाधकउहाँ (शेखरजी) हुनुभयो । त्यतिमात्रै होईन, प्रदेशको राजधानीबनाउने कुरामाकहाँबोल्नुभयो त ?उहाँले त लगातार ९ वर्ष जित्नुभयो, कुन ठाउँमा के विकास गर्नुभयो, लौ देखाउनुहोस् त ? बरु अहिले धेरैको ठाउँमा पैसा पुर्याउनुभयो होला, भोट किन्नको लागिनोट पुर्याउने कामगर्दै हुनुहन्छ होला, तर जनताले यो कुरा पनि राम्रोसँग बुझेका छन्।’
उनले शेखर कोइरालाले आफलाई नचिनेको भनेर एक कार्यक्रममा भाषणा गरेको विषयमा टिप्पणी गर्दै भने,‘लालबाबु पण्डितलाई नचिन्ने, जनताको राजनीति कसरी गर्छन्। सँगै संसदमाकामगर्ने अनिनचिन्ने ?यो त जनतामाथिको अपमानहो, लालबाबुलाई नचिन्नेले कसरी राजनीतिगर्ने ?’
कोइरालाले अबको कांग्रेसको सभापति र प्रधानमन्त्रीको उम्मेद्धवार आफू नै भनेर हिँडिेका छन् निभनेर पत्रकार धमलाले सोधेको प्रश्नमा पण्डितले भने,‘तर उहाँलाई जनता र कांग्रेसले सभापतिबनाउँदैन्न, शेखर, सशांक र सुजाताको सभापति? यो त मनको लड्डु घिउसँग खानुमात्रै हो, कोइराला परिवारको उत्तराधिकारी आफू भन्ने अनिसशांक र सुजाता कोइराला चाहीँको हुन?’
उनले आफू विजयी भएपछि यहाँको क्षेत्रकाविकास गरेर देखाउने बताउँदै भने,‘म देश र जनताको शिर निहुर्याउने कामकहिल्यै गर्दिन् । म त हेर्नुहोस्, ६ नम्बर क्षेत्रका जनताको प्रतिनिधि भैसके, अब विजयी घोषणा गर्नमात्रै बाँकी छ।’
उनले अबको निर्वाचनमाआफूहरुको लक्ष्यदुई तिहाई नै भएकोले सरकार बनाउनको लागि स्पष्ट बहुमतआउनेमाकुनै शंकानगर्न आग्रह गरे । उनले थपे,‘दुई तिहाई ल्याउने संभव छ, हामी त दुई तिहाईको लागि हिँडेकाहौं । जनताको चाहनाअनुसार संविधान संशोधन गर्छों । संविधान ढुँगामा लेखिएको शिलानास होईन, तर हामी संविधानलाई समृद्ध बनाउँछौं । वामपन्थी गठबन्धनको नेतृत्वमा संविधान संशोधन हुन्छ ।’
चुनावपछि एमाले अध्यक्ष केपीशर्मा ओलीप्रधानमन्त्रीबन्ने उनको भनाई थियो । उनले थपे,‘माधव नेपालपनि महत्वपूर्ण जिम्मेवारीमा आउनुहुन्छ। राष्ट्रपति पनिबन्न सक्नुहुन्छ । देशलाई सिँग्गो गठबन्धनले डोर्याउँछ ।’
एमाले–माओवादी केन्द्रवीचको पार्टी एकतालाई कसैले रोक्ननसक्ने बताउँदै थपे,‘यसमाअविश्वास नगर्नुहोला । पार्टी एकता हुन्छ।’ यद्धपी उनले मुलुकमाप्रत्यक्षनिर्वाचितकार्यकारी राष्ट्रपति बनाउनेबारे दुई पार्टीहरुवीचकुनै सहमतिनभएको स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिसस चितवनको प्रमुखमा गोलाप्रथा गर्दा एमालेका अधिकारी विजयी
जिसस चितवनको प्रमुखमा गोलाप्रथा गर्दा एमालेका अधिकारी विजयी
साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन
साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन
प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना
प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना
अबको शिक्षा ७० प्रतिशत प्राविधिक, ३० प्रतिशत साधारण : अध्यक्ष प्रचण्ड
‘तेरा घाटा…’ गायक गजेन्द्र वर्माको कन्सर्ट नेपालमा हुदैँ
‘तेरा घाटा…’ गायक गजेन्द्र वर्माको कन्सर्ट नेपालमा हुदैँ
राजनीतिमा अवसरवादको पराकाष्ठा शम्भुलाल श्रेष्ठ
राजनीतिमा अवसरवादको पराकाष्ठा शम्भुलाल श्रेष्ठ
लुम्बिनीको मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा-इँटा सोनवागढ उत्खननमा फेला
लुम्बिनीको मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा-इँटा सोनवागढ उत्खननमा फेला
बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडियो
बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडियो
देशभरको तापक्रम घट्यो, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
देशभरको तापक्रम घट्यो, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
डिउटीमा रहेका प्रहरीले आफ्नै च्यापुमा गोली हानेपछि…
डिउटीमा रहेका प्रहरीले आफ्नै च्यापुमा गोली हानेपछि…

तपाईंले छुटाउनुभयो कि?