सलमान खानका भाइ अचानक काठमाडौंमा, किन आए ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
३० पटक हेरिएको
Shares
सलमान खानका भाइ अचानक काठमाडौंमा, किन आए ?

सारांश

  • काठमाडौं, माघ ६ ।
  • बलिउड नायक सलमान खानका भाइ एवं फिल्म निर्देशक, निर्माता तथा अभिनेता सोहेल खान काठमाडौं आइपुगेका छन् ।
  • आगामी फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टको पक्का गर्न उनी नेपाल आएका हुन् ।

काठमाडौं, माघ ६ । बलिउड नायक सलमान खानका भाइ एवं फिल्म निर्देशक, निर्माता तथा अभिनेता सोहेल खान काठमाडौं आइपुगेका छन् । आगामी फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टको पक्का गर्न उनी नेपाल आएका हुन् ।

अहिले उनी सोल्टी होटलमा छन् । उनले कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षा लगायतका विषयबारे बुझ्ने छन् । होटलमा शुक्रबार बेलुका ४ बजे पत्रकार सम्मेलन हुँदैछ ।

यही कन्सर्टमा बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउँदै छन् । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो ।

आयोजकका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउने भएका छन् । कन्सर्टमा २५ हजारजति दर्शकश्रोता सहभागी हुने उनको अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?