सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ३०, २०७८
|
|
१३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • सरकारले सशस्त्र प्रहरी बलका एआईजीपी पुष्पराम केसीलाई १९ दिनका लागि महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने भएको छ।
  • गृहमन्त्रालय स्रोतका अनुसार केसीलाई आइजीपी बनाउन सिफारिस गर्न लागेको हो।

काठमाडौं। सरकारले सशस्त्र प्रहरी बलका एआईजीपी पुष्पराम केसीलाई १९ दिनका लागि महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने भएको छ।
गृहमन्त्रालय स्रोतका अनुसार केसीलाई आइजीपी बनाउन सिफारिस गर्न लागेको हो। यसअघि किशोर लामा १४ दिनका लागि आइजीपी भएका थिए। बधाई थाप्दा थाप्दै उनको कार्यकाल सकिएको थिए।
केसीलाई पनि घर जाने बेलामा १९ दिका लागि आइजीपी बनाउन लागिएको हो। ३० वर्षे सेवा अवधिका कारण आउदो वैशाख १९ गते केसीले अनिवार्य अवकाश पाउनेछन् । ‘आज बस्ने मन्त्रिपरिषद्को बैठकले उनलाई आईजीपीमा नियुक्ति गर्नेछ’, मन्त्रालय स्रोतले भन्यो।
केसीका व्याचमेट शैलेन्द्र खनाल २७ गते अनिवार्य अवकास पाएका थिए। उनले अनिवार्य अवकासमा पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन बनेको छ। सो अवस्थालाई हेर्दै मन्त्रिपरिषद्को बैठकले बुधबार नै नयाँ नेतृत्व छनोट गर्ने तयारी गरेको हो। सशस्त्रका डीआईजीहरूको बढुवा गर्न आज बढुवा समितिको बैठक बस्ने स्रोतले बतायो।
एआईजी केसी १८ दिनका लागि आईजीपी भएसँगै यता एआईजीको पदसमेत रिक्त हुने छ। सो रिक्त पदका लागि बुधबार बढुवा समितिले बढुवाको तयारी गरेको हो। तीन जना डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र सीपी गौतमबीच एआईजी बन्ने प्रतिस्पर्धा रहेको देखिन्छ।[image: aig-pusparam-kc.webp]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?