रुकुमपूर्वमा भेटियो नयाँ पर्यटकीय गन्तव्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २५, २०७६
|
|
५३ पटक हेरिएको
Shares
रुकुमपूर्वमा भेटियो नयाँ पर्यटकीय गन्तव्य

सारांश

  • सर्जना कार्की,रुकुम (पूर्व) रुकुम (पूर्व) मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ।
  • पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने तीन ठूला गुफा भेटिएका हुन्।
  • गुफा भेटिएपछि त्यहाँका स्थानीय सबै मिलेर ती गुफाको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन्।

सर्जना कार्की,रुकुम (पूर्व) रुकुम (पूर्व) मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ। पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने तीन ठूला गुफा भेटिएका हुन्।गुफा भेटिएपछि त्यहाँका स्थानीय सबै मिलेर ती गुफाको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन्। एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ। मगर खाम भाषामा मिको अर्थ मान्छे र कुङको अर्थ ओढार वा गुफा भन्ने बुझिन्छ। अहिले भेटिएकामध्ये सबैभन्दा ठूलो यस गुफाभित्र ५० जना अटाउन सक्ने ठाउँ रहेको छ। यस गुफामा केराको घरीका जस्ता आकृति र चमेरा पनि थुप्रै रहेको उनले बताए।त्यसैगरी गुफामा मनै लोभ्याउने खालका कलाकृति देख्न सकिने पुथा उत्तरगङ्गा गाउँपालिका–१२ का वडाध्यक्ष गङ्गाबहादुर पुनले बताए।

उनका अनुसार जमीन सतहबाट २५ मिटरभित्र पसेपछि मात्र गुफाको सतह भेटिन्छ। वडाध्यक्ष पुनले भने, “यो भन्दा अगाडि मैले पोखरा र रुकुमकोटलगायतका ठाउँमा रहेका गुफाहरु हेरेको छु, तर कोलमा भेटिएका यी गुफा ती गुफाभन्दा निकै ठूला आकर्षक र अनौठा खालका छन्।” यस गुफामा खुट्टा डुबाउने खालको पानी रहेको पनि उनले बताए।त्यसैगरी नजिकै अर्को गुफा रहेको छ। त्यस गुफाको नाम ‘सुनरी कुङ’ अर्थात् सुनपानी गुफा नामकरण गरिएको छ। त्यस गुफामा सुनको जस्तै रङमा विभिन्न आकृति भेटिएका छन्। जुन गुफामा भित्र प्रवेश गरेपछि सुनैको महलमा छिरेझै आभास हुने गर्दछ। जता हेरे पनि सुनजस्तै पहँेला चम्किने बिरुवाको पातको आकृतिले मनै लोभ्याइदिन्छ।

त्यसैगरी अर्को गुफा रहेको छ, त्यस गुफाको नाम ‘चाँदी कुङ’ नामकरण गरिएको छ। जहा चाँदीको जस्तो रङमा कुदिएका अकृति तथा गुफा नै चाँदीको रङमा देख्न सकिने अध्यक्ष बुढाले बताए। यस गुफाको एउटा अचम्मको विशेषता रहेको छ। गुफाभित्र केही वस्तु राखियो भने केही वर्षभित्रै त्यो चिजलाई पनि चट्टानले विस्तारै छोपिदिने र त्यस वस्तु पनि चट्टानझै देखिन्छ। गुफाभित्र कुनै पनि चिज राखेर त्यसलाई आफूले भनेजस्तै चट्टानमा परिवर्तन गर्न सकिने सम्भावना रहेको अध्यक्ष पुनको भनाइ छ। चाँदी कुङबाट निस्केको पानी अहिले एउटा सानो झरना बनेर उत्तरगङ्गामा मिसिएर बगिरहेको छ।यी गुफालाई स्थानीयले पहिले पनि देखेको तर यसतर्फ त्यति चासो नदिएका कारण यसको बारेमा कसैले थाहा पाउन सकेका थिएनन्। तर, स्थानीय सरकार र अहिलेका युवाहरुले यी गुफाको बारेमा चासो दिएर खोजीनीति गर्न थालेपछि गुफाहरुको यो रहस्य खुल्न गएको स्थानीयवासी बताउँछन्।

कोल गाउँभन्दा तलतिर गुफाहरु रहेका छन्। तर, ती गुफामा पुग्नका लागि धेरै वर्ष पहिले गाउँभन्दा माथिबाटै सुरुङमार्ग रहेको स्थानीयवासीको दाबी छ। कोलका भुपू प्रधानपञ्च ६९ वर्षीय गनबहादुर पुनले धेरै वर्ष अगाडि शिकारीले लखेटेको मृग यी तीन गुफाभन्दा दुई किलोमिटर माथि रहेको ‘निम कुङ’ नाम गरेको गुफाबाट छिरेको र त्यस मृगलाई लखेट्दै गएको कुकुुर एक हप्तापछि दुई किलोमिटर तल अहिले भेटिएको गुफाबाट बाहिर निस्किएको किंवदन्ती रहिआएको सुनाए। निमको अर्थ मगर खाम भाषामा भालु हो। यस गुफामा भालु लुक्ने भएकाले निम कुङ नाम राखिएको स्थानीयवासी हिक्मत प्रतेलले बताए। यो गुफामा पनि उज्यालोको सहायताले २५ मिटरभित्र जान सकिन्छ।

जनयुद्धकालमा गुरिल्ला लुकेको गुफा

यी गुफाहरु जनयुद्धकालमा माओवादी लडाकुले प्रयोग गरिएको पनि पाइएको छ। गुफाका अनुसन्धानमा भित्र छिरेका स्थानीय युवाले जनसेनाले प्रयोग गरेका लाल्टिन, पार्टीका ब्यानर र पोस्टर फेला पारेका छन्। दुई वर्षअघि अर्को गुफामा स्थानीयवासीले लुकाइराखेको अवस्थामा बन्दुकसमेत फेला पारेका थिएअहिले यी गुफामा पुग्नका लागि बाटो भने सहज छैन। बाहिरबाट आएका जो कोहीले सजिलै गुफा पत्ता लगाउन सक्दैनन्। थाहा पाएका स्थानीयवासीसँगको सहकार्यमा मात्र गुफा पुग्न सकिने स्थानीयवासी बताउँछन्। यस गुफाको पहिचानका लागि गत वर्ष वडाले रु एक लाख छुट्याएको वडाध्यक्ष पुनले बताए।

त्यसैगरी रुकुम ९पूर्व०का प्रदेशसभा सदस्य तेजबहादुर ओलीले आफूले अहिलेसम्म हेरेका गुफामध्ये यी गुफा बिल्कुलै नयाँ र फरक खालका गुफा रहेको बताए। भर्खरै पत्ता लागेका यी गुफाको पहिचान, प्रचारप्रसार तथा संरक्षण र विकासका लागि पहल गर्ने र यसलाई रुकुम ९पूर्व०को पर्यटकीय गन्तव्यको रुपमा चिनाउने बताए। आवश्यक प्रचारप्रसार र पूर्वाधारको विकास गर्न सके यी गुफा पर्यटकीय गन्तव्यको रुपमा चिनिने र स्थानीयवासीको लागि आयआर्जनको एउटा राम्रो स्रोत बन्ने उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Govt mulls halting sugar import
Govt mulls halting sugar import
साझा व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार : महासचिव गुरुङ
साझा व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार : महासचिव गुरुङ
प्रधानमन्त्रीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पाथिभरा अनलाइन डटकमका सम्पादक पक्राउ
प्रधानमन्त्रीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पाथिभरा अनलाइन डटकमका सम्पादक पक्राउ
बालबालिकालाई आजदेखि कोभिडविरुद्धको फाइजर खोप
बालबालिकालाई आजदेखि कोभिडविरुद्धको फाइजर खोप
सुन्नी संसारसँगको सम्बन्ध बाक्लिएपछि इरानबाट टाढिँदै पाकिस्तान
सुन्नी संसारसँगको सम्बन्ध बाक्लिएपछि इरानबाट टाढिँदै पाकिस्तान
निर्वाचन आयोगले भन्यो– २५ प्रतिशत मत खस्यो
निर्वाचन आयोगले भन्यो– २५ प्रतिशत मत खस्यो
अंकितको “ति रात हरु” सार्बजनिक
अंकितको “ति रात हरु” सार्बजनिक
बाआमा भैंसी दुहुन गएका बेला पहिरोले पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड