सुनको मुल्य घट्दै, १ लाख १६ सयमा कारोबार
सारांश
- काठमाडौं, २७ साउन ।
- आज मंगलबार सुन तोलामा ८ सय रुपैयाँले घटेको छ ।
- आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौं, २७ साउन । आज मंगलबार सुन तोलामा ८ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मुल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यस्तै तेजाबी सुनको मुल्य मंगलबार १ लाख १ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मुल्य आज ४० रुपैयाँले बढेको छ । मंगलबार चाँदीको तोलामा १ हजार ४ सय ३५ रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया