सहिद स्मृतिको धान्याञ्चलको पुर्व सन्ध्यामा बृहत रक्तदान

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • भरतपुर, २९ मङ्सिर ।
  • सहिद स्मृति मावी पारसनगरको बृहत धन–धान्याञ्चलको पुर्व सन्ध्यामा बृहत रक्तदान भएको छ ।
  •   नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखा,आकृति पाठक स्मृति प्रतिष्ठान,लायन्स क्लब अफ बिस हजारी केसरवाग,अन्नपुर्ण दुग्ध उत्पादक सहकारी सस्था र सामुदायिक सिकाइ केन्द्र एबम पर्यटन सूचना केन्द्रको सहयोजनामा भएको सो रक्तदानमा ५३ जनाले रक्तदान गरेका छन् ।

भरतपुर, २९ मङ्सिर । सहिद स्मृति मावी पारसनगरको बृहत धन–धान्याञ्चलको पुर्व सन्ध्यामा बृहत रक्तदान भएको छ ।  नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखा,आकृति पाठक स्मृति प्रतिष्ठान,लायन्स क्लब अफ बिस हजारी केसरवाग,अन्नपुर्ण दुग्ध उत्पादक सहकारी सस्था र सामुदायिक सिकाइ केन्द्र एबम पर्यटन सूचना केन्द्रको सहयोजनामा भएको सो रक्तदानमा ५३ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञानशाली न्यौपानेले चितवनमा धेरै रगत खपत हुने हुनाले रगतको अभाब सृजना भैरहेको बताए । उनले भरतपुरमा रहेको केन्द्रिय रक्तसंचार केन्द्रले विभिन्न दर्जन बढी जिल्लामा गएर रगत संकलन गर्दा समेत पनि रगतको माग अनुसारको पूर्ति गर्न हम्मेहम्मे पर्ने गरेको जानकारी दिए । पछिल्लो समय युवाहरुमा लागु औषध सेवन र ब्लड प्रेसर, सुगरका बिरामी बढ्ने गरेकोले रगत संकलनमा समस्या देखा परेको उनको भनाइ छ ।

भरतपुर–पारसनगरमा रहेको सहिद स्मृतिले आफ्नो गौरवमय स्वर्ण महोत्सबको अबसरमा संचालन गर्ने महायज्ञको पुर्व तयारी स्वरुप रक्रदान भएको महायज्ञका प्रवक्ता भगिरथ तिमिल्सेनाले बताए । सोहि अबसरमा महायज्ञमा तन, मन, बचन र धनले सहयोग गरि बिद्यालयको शैक्षिक श्रीबृद्दिको सारथी बन्न शिक्षा प्रेमी धर्मानुरागीमा महायज्ञ मूल समारोह समिति संयोजक बिष्णु प्रसाद तिवारी र बिद्यालयका प्रधानाध्यापक दिपेश पौडेलले आग्रह गरे ।

स्वर्ण महोत्सबको अबसरमा आफ्ना भावि सेवालाई समय सापेक्ष गुणस्तरिय एवं प्रभाबकारी बनाइ बिद्यालयको भौतिक संरचना निर्माण गरि कक्षा ११÷१२ र प्राबिधिक शिक्षाका कक्षा संचालनका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गर्न लगिएको छ । ४ करोड ५० लाख आर्थिक संकलनको लक्ष्य राखिएको सो महायज्ञ सम्पन्न गर्न ४० लाख लागत लाग्ने अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायण अमृत सम्पादक रहेको जनता पोस्ट दैनिक बजारमा
नारायण अमृत सम्पादक रहेको जनता पोस्ट दैनिक बजारमा
राजविराज रङ्गशालामा आगलागी, सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धार
राजविराज रङ्गशालामा आगलागी, सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धार
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
पूर्वी रुकुममा  वाम गठबन्धनको अग्रता
पूर्वी रुकुममा वाम गठबन्धनको अग्रता
१८औँ एसियन गेम्सका लागि फुटबलतर्फ २० सदस्यीय टोली, काे काे परे ?
Приложение Мостбет в Казахстане Скачайте на Android & iOS и получите 140 000 KZ
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र
रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र
भुटानी शरणार्थी प्रकरणः पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
भुटानी शरणार्थी प्रकरणः पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
कांग्रेस केन्द्रीय समितिको बैठकबाट संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय
कांग्रेस केन्द्रीय समितिको बैठकबाट संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय

तपाईंले छुटाउनुभयो कि?