सांसद त्रिपाठी मन्त्री अधिकारीको पक्षमा, प्रतिवेदन ‘डस्टबिन’ मा फाल्ने !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
५४ पटक हेरिएको
Shares
सांसद त्रिपाठी मन्त्री अधिकारीको पक्षमा, प्रतिवेदन ‘डस्टबिन’ मा फाल्ने !

सारांश

  • काठमाडौं, २० पुस ।
  • वाईडबडी जहाज खरिद प्रकरणमा ठूलो घोटाला भएको भनेर संसदीय छानबिन समितिले प्रतिवेदन ल्याएपनि यो प्रतिवेदन काम नलाग्ने भएको छ ।
  • अब यो प्रतिवेदन रद्दीको टोकरीमा फ्याँकिने सम्भावना बढेर गएको छ ।

काठमाडौं, २० पुस । वाईडबडी जहाज खरिद प्रकरणमा ठूलो घोटाला भएको भनेर संसदीय छानबिन समितिले प्रतिवेदन ल्याएपनि यो प्रतिवेदन काम नलाग्ने भएको छ । अब यो प्रतिवेदन रद्दीको टोकरीमा फ्याँकिने सम्भावना बढेर गएको छ ।

उपसमितिको प्रतिवेदनउपर आज सार्वजनिक लेखा समितिको छलफलमा भाग लिने अधिकांश सदस्यहरुले उपसमितिको प्रतिवेदन अधुरो रहेको टिप्पणी गरेका छन् । सत्तारुढ दल नेकपाका सांसदहरु कोही पनि यसको पक्षमा उभिएका छैनन् । सांसद विशाल भट्टराईले त खुलेर प्रतिवेदनको विरोध गरे ।

अर्का सदस्य हृदयेश त्रिपाठीले पनि यस प्रकरणमा संसदीय उपसमितिले छानबिन तथा आरोपित गर्दा ठोस आधार समात्न नसकेको गुनासो पोखे । उनले सबैलाई एउटै आधारमा मूल्यांकन गर्दा कसैलाई अन्याय हुन सक्नेतर्फ सचेत हुन आग्रह गरे। त्रिपाठीले आरोपितलाई कुन आधारमा आरोपित गरियो भनेर स्पष्ट पार्नुपर्ने बताएका थिए ।

जुन कार्यकालमा निर्णय भयो त्यही बेलाका निर्णयकर्ता बढी जिम्मेवार हुने भन्दै उनी घुमाउरो पारामा बहालवाला मन्त्री रवीन्द्र अधिकारीको बचाउमा उत्रिए । त्रिपठीले समितिमा भने, सबै कुरा बोर्डले निर्णय गर्ने अधिकार भएको र सबभन्दा बढी जिम्मेवार पनि तिनैलाई गराउनुपर्छ । वर्तमान मन्त्रीलाई बढी दोषी देखाएर अघिल्ला मन्त्रीलाई कम दोषी देखाएको छ । पूर्वमन्त्रीहरू जीवनबहादुर शाही र जीतेन्द्रनारायण देवलाई नैतिक दोषी देखाएर वर्तमान मन्त्री रवीन्द्र अधिकारीलाई बढी दोषी देखाइनुको आधार स्पष्ट छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार मुद्दामा हलिवुडका चर्चित निर्मातालाई २३ वर्षको कैद सजाय
बलात्कार मुद्दामा हलिवुडका चर्चित निर्मातालाई २३ वर्षको कैद सजाय
सभामुख घिमिरेद्वारा नेपाली श्रमिकको अवस्थाबारे जानकारी हासिल
सभामुख घिमिरेद्वारा नेपाली श्रमिकको अवस्थाबारे जानकारी हासिल
प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
सेनामा सिपाहीका अनेक पिडा, किन जागिर छोड्न बाध्य छन् ?
सेनामा सिपाहीका अनेक पिडा, किन जागिर छोड्न बाध्य छन् ?
जंगली जनावरलार्इ पासाे थापेकाे गोली मान्छेकाे खुट्टामा लागेपछि…
जंगली जनावरलार्इ पासाे थापेकाे गोली मान्छेकाे खुट्टामा लागेपछि…
ओलीले पेल्न थालेपछि माओवादीसँग नजिकिँदै विप्लव
ओलीले पेल्न थालेपछि माओवादीसँग नजिकिँदै विप्लव
कोटेश्वर–कलङ्की सडकः चार पुल निर्माण हुदै
कोटेश्वर–कलङ्की सडकः चार पुल निर्माण हुदै
लापरवाही गर्ने ठेकेदारको सूचि बनाएर पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र
लापरवाही गर्ने ठेकेदारको सूचि बनाएर पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र
कांग्रेसको प्रवक्तामा  विश्वप्रकाश शर्मा
कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा