सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २८, २०७४
|
|
४३ पटक हेरिएको
Shares
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;

सारांश

  • २८ असोज, काठमाडौं ।
  • चार वर्षअघि संविधानसभा सदस्य निर्वाचित भएका सभासदले संविधान बनाएबापत विशिष्ठ प्रकारको पहिचान अंकित लोगो पाउने भएका छन् ।
  • संविधानसभाबाट संविधान बनाएका सभासदले जीवनभर त्यो लोगो लगाउन पाउनेछन् ।

२८ असोज, काठमाडौं । चार वर्षअघि संविधानसभा सदस्य निर्वाचित भएका सभासदले संविधान बनाएबापत विशिष्ठ प्रकारको पहिचान अंकित लोगो पाउने भएका छन् । संविधानसभाबाट संविधान बनाएका सभासदले जीवनभर त्यो लोगो लगाउन पाउनेछन् ।

व्यवस्थापिका संसद् सचिवलायले दोस्रो संविधानसभाका सदस्यलाई लागो दिएर बिदाइ  गर्न लागेको हो । बिदाइका लागि शनिबार अपराह्न संसद् भवनमा विशेष बिदाइ  बैठक आयोजना गरिएको छ ।

शुरुमा सबै सांसदहरुको फोटो सेसन हुनेछ । उनीहरुलाई त्यो फोटो सचिवालयले लेमिनेशन गरेर उपलव्ध गराउनेछ । त्यसपछि उनीहरुलाई संविधान बनाएबापतको लोगो उपलव्ध गराइनेछ ।

बिदाइ  बैठकलाई संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । बैठकपछि सभामुख ओनसरी घर्तीको तर्फबाट संसद् भवन परिसरमै रात्रिभोजको आयोजना गरिएको छ ।

निर्वाचन आयोगले असोज २९ गते समानुपातिकतर्फका उम्मेदवारहरुको मनोनयनको मिति तोकेकाले २८ गते मध्यरातिदेखि रुपान्तरित व्यवस्थपिका संसद् बिघटन हुन लागेको संसद सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले बताए ।

यसअघि कात्तिक ५ गते संसद् बिघटन हुने भनिएको थियो । तर संविधानले उम्मेदवारी मनोनयनसँगै व्यवस्थापिका संसद भंग हुने भनेकोले समानुपातिक उम्मेदवारी मनोनयनलाई नै आधार बनाइएको सभामुख निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज केही स्थानमा हल्का हिमपातको सम्भावना
आज केही स्थानमा हल्का हिमपातको सम्भावना
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने
कांग्रेस पाँचथर–काठमाडौँ सम्पर्कसमितिमा नयाँ नेतृत्व
कांग्रेस पाँचथर–काठमाडौँ सम्पर्कसमितिमा नयाँ नेतृत्व
अब कुनै हालतमा शेरबहादुरजीलाई सभापति हुनबाट रोक्छौं( रामचन्द्र पौडेल)
अब कुनै हालतमा शेरबहादुरजीलाई सभापति हुनबाट रोक्छौं( रामचन्द्र पौडेल)
आयुक्तहरुलाई अढाइ करोडका गाडी किन्न अर्थको सहमति
आयुक्तहरुलाई अढाइ करोडका गाडी किन्न अर्थको सहमति
राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता
राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता
गगन थापालाई लक्षित गरी बम विष्फोट गराउने विप्लव समूहका ६ जना पक्राउ
गगन थापालाई लक्षित गरी बम विष्फोट गराउने विप्लव समूहका ६ जना पक्राउ
युएई जेलमा रहेका पत्रकार रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरूको माग
युएई जेलमा रहेका पत्रकार रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरूको माग
शुक्र लामा दोङले “फसबूक मा” के गरे त ?
शुक्र लामा दोङले “फसबूक मा” के गरे त ?
१३ वर्षीया किशोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या
१३ वर्षीया किशोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या