सांसद कँडेल भारतको क्याम्पसको अध्यक्ष
सारांश
- नवलपरासी, ४ भदौ ।
- नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक)मा निर्वाचित हुनुभएको छ ।
- कँडेल पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
नवलपरासी, ४ भदौ ।नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक)मा निर्वाचित हुनुभएको छ ।कँडेल पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । कँडेल पश्चिम नवलपरासीको सीमापारि भारतको महाराजगञ्ज जिल्लाअन्तर्गत ठुठीबारीमा रहेको राधाकुमारी इन्टर कलेजको व्यवस्थापन समितिको अध्यक्ष ९प्रबन्धक० मा निर्वाचित हुनुभएको हो ।
यसअघि इन्टर कलेजका व्यवस्थापन समिति अध्यक्ष (प्रबन्धक)मा सांसद कँडेलकै हजुरआमा स्व राधाकुमारी कँडेल र बुबा स्व पृथ्वीराज कँडेल रहनुभएको थियो । पछिल्लो पटक करीब १० वर्ष रिक्त रहेको अध्यक्ष (प्रबन्धक) मा सांसद कँडेल निर्वाचित हुनुभएको हो । ठुठीबारीग्राम पञ्चायतका प्रधान राजेश सिंहलाई निर्वाचनमा पछि पार्दै कँडेल सो कलेजको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) हुनुभएको छ ।
महाराजगञ्ज जिल्लाको मुख्य बजार महाराजगञ्जमा बुधबार भएको निर्वाचनबाट कँडेल सो कलेजको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) हुनुभएको हो ।सन् १९५२ सालमा विद्यालय स्थापना भएको सो कलेज नेपाल भारत सीमा क्षेत्रमा निकै प्रख्यात मानिन्छ । नवनिर्वाचित प्रबन्धक कँडेलले कलेजको शैक्षिक गुणस्तर सुधार गर्न काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जम्मा १० मत रहेको यस कलेजको व्यवस्थापन समितिमा कँडेलले छ मत प्राप्त गर्नुभएको थियो भने अर्को प्रतिस्पर्धी उम्मेदवार सिंहले चार मत प्राप्त गर्नुभएको थियो ।
प्रतिक्रिया