साउदी अरबमा ३८ जना नेपाली युवा अलपत्र
सारांश
- काठमाडौं ।
- धन कमाउन साउदी अरब पुगेका खोटाङका १४ जना सहित ३८ जना नेपाली युवा अलपत्र परेका छन् ।
- गत फागुन १ गते साउदी अरब पुगेका विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र परेका हुन् ।
काठमाडौं । धन कमाउन साउदी अरब पुगेका खोटाङका १४ जना सहित ३८ जना नेपाली युवा अलपत्र परेका छन् ।
गत फागुन १ गते साउदी अरब पुगेका विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र परेका हुन् । अलपत्र युवाले युवाको तत्काल उद्धार गरिदिन सूचना केन्द्रलगायत सम्बन्धित निकायमा माग गरेका छन् ।
साउदी पुगेपछि ९ सय रियल मात्र पाएका नेपालीले एक दिन काममा जान इन्कार गरेकामा कम्पनीले निकालिदिएपछि बताइएको छ । अलपत्र पर्नेमा सिन्धुलीका ३, मकवानपुरका २, भोजपुर, सर्लाही, म्याग्दी, बागलुङ, डडेल्धुरा, कैलाली, दैलेख, रामेछापका छन् ।
क्याट्रिङको कामका लागि भन्दै काठमाडौं चाबहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा पठाइएका थिए । उनीहरूले काम गरेपनि तोकिएको समयमा तलब नपाएपछि सोमदेखि काममा गएका छैनन् ।
कम्पनीले कोठाबाट झोला, कपडालगायत बन्दोबस्तीका सामग्री सडकमा निकालिदिएको टेलिफोनमार्फत एक अलपत्र परेकाले जानकारी दिएका छन् ।
प्रतिक्रिया