लाइसेन्सको अनलाइन फारम अब अनलिमिटेड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ९, २०७७
|
|
३५ पटक हेरिएको
Shares
लाइसेन्सको अनलाइन फारम अब अनलिमिटेड

सारांश

  • यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को शुक्रबारदेखि अनलिमिटेड अनलाइन आवेदन फारम खुलाउने भएको छ।
  • विभागका प्रवक्ता लोकनाथ भुसालले शुक्रबारदेखि अनलाइन सिस्टममा परिवर्तन गर्दै माघ ९ गतेदेखि अनलिमिटेड अनलाइन फारम भर्न सकिने व्यवस्था गरेको बताए।
  • विभागले गत चैतदेखि ठप्प भएको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा गत पुस १४ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को शुक्रबारदेखि अनलिमिटेड अनलाइन आवेदन फारम खुलाउने भएको छ।

विभागका प्रवक्ता लोकनाथ भुसालले शुक्रबारदेखि अनलाइन सिस्टममा परिवर्तन गर्दै माघ ९ गतेदेखि अनलिमिटेड अनलाइन फारम भर्न सकिने व्यवस्था गरेको बताए। विभागले गत चैतदेखि ठप्प भएको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा गत पुस १४ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो।

विभागले सार्वजनिक सूचना जारी गरेर सवारीचालक अनुमतिपत्रको अनलाइन फारम भर्ने सेवाग्राहीहरूले अनलाइन फारम भरेपछि नियमित रूपमा प्राप्त गरिरहेको एसएमएस सेवा हाल प्राविधिक कारणले केही समयको लागि स्थगन गरिएको समेत विभागले जनाएको छ।

(https://mva.la/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?