पहिरोमा परी १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
पहिरोमा परी १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता !

सारांश

  • नागा, फिलिपिन्स, ४ असोज ।
  • फिलिपिन्सको मध्यक्षेत्रमा बिहीबार गएको पहिरो परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने घटनामा दर्जनौँ मानिस घाइते भएका एक प्रत्यक्षदर्शीले बताएका छन् ।
  • फिलिपिन्समा गत हप्ता आएको आँधीले छोडेका घाउ निको हुन नपाउँदै मनसुन बर्षापछि चुना र माटोसहितको भिरालो जमिन भत्किँदा कम्तीमा दश घरहरू पुरिएका छन् ।

नागा, फिलिपिन्स, ४ असोज । फिलिपिन्सको मध्यक्षेत्रमा बिहीबार गएको पहिरो परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने घटनामा दर्जनौँ मानिस घाइते भएका एक प्रत्यक्षदर्शीले बताएका छन् ।
फिलिपिन्समा गत हप्ता आएको आँधीले छोडेका घाउ निको हुन नपाउँदै मनसुन बर्षापछि चुना र माटोसहितको भिरालो जमिन भत्किँदा कम्तीमा दश घरहरू पुरिएका छन् । फिलिपिन्समा हालै आएको म्याङ्कुट नामक आँधीमा ८८ जनाको ज्यान गुमेको थियो भने अझै केही वेपत्ता रहेका छन् । बिहीबार बिहानै पर्यटकीय टापूस्थित रहेको टिना–एन गाउँमा गएको पहिरोमा परी थुप्रै घरहरू परेको सूचनासँगै आपतकालीन सेवाका लागि सुरक्षाकर्मीको दर्जनौ उद्धारकर्मीहरू, स्थानीय जनता तथा संघसंस्था घटनास्थलमा पुगेका छन् ।

आँधीपछि फिलिपिन्सको उत्तरी क्षेत्र आक्रान्त बनिरहेका समय निरन्तरको बर्षापछि गएको पहिरोमा १० बटा घर परेको र चारतलासम्म घरहरूलाई पहिरोले पुरेको प्रत्यक्षदर्शी जोन राय रेपुएस्टो इकाभेजले बताए । उनका अनुसार पहिरोमा परेका १२ जनाको मृत शरीरलाई पहिरोबाहिर निकालिएको छ भने पहिरोमा अझै दर्जनौ स्थानीयहरू पसेका छन् । इकाभेजले भने, “मेरो छिमेकी आफ्नी दिदीको घर अगाडी रोइरहेकी थिइन् । उनको दिदीको घरको कुनै सदस्य पनि भेटिएका छैनन् । घरको नाम निशानै देखिँदैन ।” प्रत्यक्षदर्शी अर्का एक स्थानीयले भने, “पहिरोमा परी घाइते अवस्थामा परेका केही व्यक्तिलाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ । १२ जनाको मृत शरीर भेटिएको छ भने करिब ५० जना सम्पर्कबाहिर रहेका हाम्रो अनुमान रहेको छ ।” घटनास्थलमा करिब १०० जनाभन्दा बढी व्यक्तिले एक्सकाभेटर तथा अन्य ठूला उद्धारसामग्रीको सहयोगमा उद्धारको काम गरिरहेका छन् ।

उक्त क्षेत्रका नागरिक सुरक्षा मामिला हेर्ने अधिकारीले सेबु पहिरो, बाढीजस्ता प्राकृतिक प्रकोपजन्य घटना विरलै हुने गरेको क्षेत्र भएको र उक्त क्षेत्र हालैको आँधीमा पनि सुरक्षित रहेको क्षेत्र रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सुरक्षित महानगरपालिका अभियान’ शुरु
‘सुरक्षित महानगरपालिका अभियान’ शुरु
बुटवलको भाटभटेनीमा आगलागी
बुटवलको भाटभटेनीमा आगलागी
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न  महानगर र  वियोन्डबीच सम्झौता
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न महानगर र वियोन्डबीच सम्झौता
उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका कारण विवादमा
उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका कारण विवादमा
जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालन हुने
जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालन हुने
पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव
पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव
गणतन्त्रप्रति चरम निराशा
गणतन्त्रप्रति चरम निराशा
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति
एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति
नेपालगञ्जमा ज्यूँदै शिशुलाई मृत घोषित गरेपछि
नेपालगञ्जमा ज्यूँदै शिशुलाई मृत घोषित गरेपछि