प्रधानमन्त्री देउवासँग सार्क महासचिव साइलको भेट

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवासँग सार्क महासचिव साइलको भेट

सारांश

  • काठमाडौँ, ५ असार ।
  • प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जाद हुसैन बी साइलले भेटवार्ता गर्नुभएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा महासचिव साइलले सार्कका पछिल्ला गतिविधिका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

काठमाडौँ, ५ असार । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जाद हुसैन बी साइलले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा महासचिव साइलले सार्कका पछिल्ला गतिविधिका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

आजै प्रधानमन्त्री देउवासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रिचर्ड मोरिसले पनि भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच दुई मुलुकको आपसी हित र सम्बन्धमा बारेमा कुराकानी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?