‘साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ’

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
‘साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ’

सारांश

  • लमही, ७ असोज।
  • साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् ।
  • प्रथम अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा सुस्तश्रवण साङ्केतिक भाषालाई राष्ट्रियकरण गर्नुपर्ने राप्ती बहिरा सङ्घका निर्देशक प्रतिमा शर्माले बताउनुभयो ।

लमही, ७ असोज। साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् ।प्रथम अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा सुस्तश्रवण साङ्केतिक भाषालाई राष्ट्रियकरण गर्नुपर्ने राप्ती बहिरा सङ्घका निर्देशक प्रतिमा शर्माले बताउनुभयो । ‘‘सुस्तश्रवण भएकाका लागि आफ्नो कुरा व्यक्त गर्नेमाध्यम साङ्केतिक भाषा हो’ उहाँले भन्नुभयो,“त्यसैले यो भाषालाई राष्ट्रियभाषा बनाउनुपर्छ ।”

बोल्न र आफ्ना कुरा व्यक्त गर्न नसकेकै कारण सुस्तश्रवण भएका व्यक्ति पछाडि परिरहेको उक्त सङ्घका अध्यक्ष अजयकुमार शर्माले बताउनुभयो ।सुस्त व्यक्तिको मुख्य समस्या नसुन्ने र आफूले साङ्केतिक भाषाबाट बोलेको अरुले नबुझ्ने भएकाले हरेक क्षेत्रमा काम गर्दा पनि यस्ता व्यक्तिलाई समस्या हुने गरेको उहाँले बताउनुभयो ।अव सबै सरकारी कार्यालय, विद्यालयलगायत सेवा प्रदान गर्ने निकायमा अनिवार्य रुपमा साङ्केतिक भाषा बुझ्ने व्यक्ति राख्नुपर्ने उहाँको भनाइ थियो ।

सुस्तश्रवणको अधिकारका लागि तुलसीपुर उपमहानगरपालिकाले पहल गर्ने उपप्रमुख माया आचार्यले बताउनुभयो । प्रदेश सरकारले पनि सुस्तश्रवण भएकाको अधिकारका लागि कानून निर्माण गर्ने विषयमा पहल थाल्ने प्रदेश नं ५ प्रदेशसभा सदस्य उत्तरकुमार वलीले बताउनुभयो ।दाङमा पाँच हजार बढी सुस्तश्रवण भएका व्यक्ति छन् । जिल्लाका दुई विद्यालयमा अहिले सुस्तश्रवण भएका विद्यार्थीका लागि पठनपाठनको सुविधा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?