आज ८ हजारभन्दा बढि कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २५, २०७८
|
|
२० पटक हेरिएको
Shares
आज ८ हजारभन्दा बढि कोरोना संक्रमित थपिए

सारांश

  • नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि भएको छ।
  • स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभर कोरोनाबाट ५३ जनाको मृत्यु भएको छ।
  • पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन्।

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि भएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभर कोरोनाबाट ५३ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार ८ हजार २ सय ८७ जनामा पीसीआर परीक्षणबाट तथा १३१ जनामा एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

यसैगरी गत चौबीस घण्टामा १७ हजार ३१५ जनाको पीसीआर तथा ९८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?