साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
५१ पटक हेरिएको
Shares
साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना

सारांश

  • काठमाडौं।
  • जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ।
  • आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो।

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ। आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो।

“साताको मध्य र अन्त्यमा देशका तराई भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साताको सुरूमा देशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै साताको अन्त्यमा कोशी, बागमती, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ,” महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “देशका अधिकांश स्थानमा साताको अन्त्यमा तापक्रम घट्ने सम्भावना छ।”

महाशाखाको मौसमविद् प्रतिमा मानन्धरले आगामी आइतबारसम्म मुलुकको विभिन्न स्थानमा हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसपछि सुधारहुँदै जाने बताए। कृषि तथा पशुपक्षी मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बर्दिया, बाँकेतिर धान पाकिसकेकाले यदी ठूलो वर्षा भएमा धानलाई क्षति पुग्न सक्ने बताए। “त्यस क्षेत्रतिर जेठ मध्यबाट रोपाइँ सुरु हुन्छ, अब धान थन्काउने बेला भइसक्यो,” उनले भने, “अहिलेको वर्षाले धान झर्ने, पाकेकोबाली समयमा थन्काउन नपाएमा उत्पादन घट्ने समस्या हुनसक्छ।”

उनले यसवर्ष मनसुन सुखद रहँदा धान उत्पादन पाँच देखि सात प्रतिशतसम्म बढ्नसक्ने बताए। “यो वर्ष ९९ प्रतिशत हाराहारीमा रोपाइँ भएको छ, यस कारण उत्पादन करिब डेढ लाख मेट्रिकटनसम्म हुने अपेक्षा छ,” उनले भने, “तर धान भित्र्याउने बेलामा मौसमले साथ दिनुपर्छ।”

कृषि मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन अघिल्लो आव भन्दा चार दशमलव ३३ प्रतिशतले वृद्धी भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको थियो । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा धेरै मनाङमा कम मतादाता थप
झापामा धेरै मनाङमा कम मतादाता थप
कात्तिक १८ गते सोमबारको राशिफल यस्तो छ
बयानका लागि रविलाई आज काठमाडौं ल्याइँदै
बयानका लागि रविलाई आज काठमाडौं ल्याइँदै
गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्ने : सभापति देउवा
गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्ने : सभापति देउवा
रुकुम पूर्वमा बालीघरे प्रथा
रुकुम पूर्वमा बालीघरे प्रथा
नेपालको जलस्रोत कब्जा गर्ने भारतीय रणनीतिप्रति सरकारको आपत्ति
आउनै लाग्यो कोरोनाविरुद्धका भ्याक्सिन, यसरी भइरहेको छ काम
आउनै लाग्यो कोरोनाविरुद्धका भ्याक्सिन, यसरी भइरहेको छ काम
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?
राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?
रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते
रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते