सातामा प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १४, २०७९
|
|
२७ पटक हेरिएको
Shares
सातामा प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सारांश

  • यो साता सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो सातासम्ममा सुनको मूल्य १६ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।
  • गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो ।

यो साता सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो सातासम्ममा सुनको मूल्य १६ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ छ ।

यो साताको आइतबार तोलामा ४०० ले बढेको सुनको मूल्य साेमबार पुनः १०० रुपैयाँ बढेको थियो । यस्तै, मंगलबार ३०० र बुधबार २०० रुपैयाँ घटेको थियो । यसका साथै, विहीबार ८०० रुपैयाँले र शुक्रबार ८०० रुपैयाँले बढेको थियो ।
यसैगरी, यो साता चाँदीको ५५ रुपैयाँ बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा १२ सय २० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?