तमोर राष्ट्रिय गौरवको आयोजनामा, ऊर्जामा ८३ अर्ब बजेट

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
३७ पटक हेरिएको
Shares
तमोर राष्ट्रिय गौरवको आयोजनामा, ऊर्जामा ८३ अर्ब बजेट

सारांश

  • काठमाडौं।
  • सरकारले तमोर जलाशयुक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गर्ने भएको छ।
  • अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको बताए।

काठमाडौं। सरकारले तमोर जलाशयुक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गर्ने भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको बताए।

उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आगामी आर्थिक वर्ष्भित्र सम्पन्न गर्ने र रसुवागढी, साञ्जेनजस्ता आयोजना गरी कूल एक हजार मेगावाट क्षमताका आयोजना सम्पन्न हुने उल्लेख गरे।

यस्तै पश्चिम सेती, दूधकोशी, नलगाडलगायतका आयोजनाको उपयुक्त मोडल तयार गरी निर्माण प्रक्रिया अगाडि बढाइने भएको छ। यस्तै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि आगामी आवमा समेत बजेट विनियोजन गरिएको छ।

अर्थमन्त्री डा खतिवडाले ऊर्जा क्षेत्रका लागि रु ८३ अर्ब ४९ करोड बराबरको बजेट विनियोजन गरिएको उल्लेख गरे। उनले कर्मचारीको शेयर रहने गरी एक जलविद्युत् आयोजना अगाडि बढाउने लक्ष्य राखेको सरकारले जनताको लगानीमा कूल २१ आयोजना आयोजना अगाडि बढाई तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

ठूला आयोजनाको कार्यान्वयन गर्न सार्वजनिक निजी साझेदारी अवधारणामा अगाडि बढाउने लक्ष्य राखेको सरकारले उत्पादित विद्युत्को आन्तरिक खपतका लागि विशेष प्रयास गरिने भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद एजेन्डाविहिन
संसद एजेन्डाविहिन
औरावनी जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा
औरावनी जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा
श्रमिकको जीवन सुरक्षित हुनुपर्छ : अध्यक्ष लिङ्देन
श्रमिकको जीवन सुरक्षित हुनुपर्छ : अध्यक्ष लिङ्देन
मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर!
मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर!
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु
पृथ्वीनारायण शाहका दिव्योपदेशलाई अनुसरण गरे परराष्ट्र नीतिमा कुनै समस्या आउँदैन : लिङ्देन
पृथ्वीनारायण शाहका दिव्योपदेशलाई अनुसरण गरे परराष्ट्र नीतिमा कुनै समस्या आउँदैन : लिङ्देन
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित
धर्ती नफाटुन्जेल सहिराख : ती दाइ भनाउँदा ब्यक्ति निद्रामै मेरो स्तन अँठयाइरहेका रहेछन
प्रदेश नं १ः विपद् व्यवस्थापन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित !
प्रदेश नं १ः विपद् व्यवस्थापन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित !
विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश
विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश