सामाजिक सञ्जाल केसीमयः एमाले-माओवादी नेताद्वारा पक्राउको विरोध
सारांश
- काठमाडौ पुस २५ ।
- डा.
- गोवन्दि केसीको पक्राउको विरोध गर्दै यतिबेला सामाजिक सञ्जाल केसीमय बनेको छ ।
काठमाडौ पुस २५ । डा.गोवन्दि केसीको पक्राउको विरोध गर्दै यतिबेला सामाजिक सञ्जाल केसीमय बनेको छ । प्रायः नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले ट्विट गर्दै विरोध गरेका छन् ।
उपप्रधान तथा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले डा. केसीको पक्राउको विरोध गर्दै ट्विट गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा श्रेष्ठले उनीहरूले अदालतले हतारमा केसीलाई पक्राउ गरेको बताएका छन् । माओवादी नेता श्रेष्ठले अदालतको मानहानीलाई सत्याग्रहीविरुद्ध हतियार बनाइनु नितान्त गलत भएको बताएका छन् ।
डा•गोविन्द केसीको रातारात गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादति हो।"अदालतको मानहानि"लाई सत्याग्रही बिरुद्ध हतियार बनाईनु नितान्त गलत छ।फेरि दोहोर्याएर भन्छु,अदालत"भगवान"होइन। राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो।त्यसको पनि परिणाम हो यो।सम्बन्धित सबैले बुझुन् ।
— Narayan Kaji Shrestha Prakash (@narayankajis) January 9, 2018
त्यस्तै कांग्रेसका युवा नेता गगन थापा, नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलगायत केही नेताहरु माइतीघर मण्डलामा भएको विरोध सभामा पुगेर केसीको समर्थनमा भाषण गरेका छन् ।
न्यायलय प्रति सम्मान र आस्था हुनुपर्छ र छ पनि। तर त्यही न्यायलय र न्यायमूर्तिहरू भने पालैपालो भ्रष्टचारी, दलाल,माफिया र लुटेराहरूलाई चोख्याउदै जादा मान गर्ने ठाउँ कहाँ रह्यो र श्रीमान ?
अनि अवहेलना? हो यस्तोमा अपहेलना हुन्छ। लगाउँ मुद्दा डा केसीहरू आस्था र मुल्यको लागी लड्छन।— Ram kumari Jhakri (@Jhakri_didi) January 9, 2018
पूर्वसभामुख ओनसरी घर्ती, एमाले नेता प्रदीप ज्ञवाली र युवा नेत्री रामकुमारी झाँक्रीले डाक्टर केसीको पक्राउको विरोध गर्दै पदमा छदा नहुँदा पनि केसीको पक्षमा सधैँ उभिने बताएका छन ।
डा. केसीका माग र विरोधको शैली सम्बन्धमा वहस हुन सक्छ । तर अदालत उहाँको विरुध्द जसरी प्रस्तुत भयो/ भइरहेको छ, त्यसलाई किमार्थ उचित मान्न सकिन्न । काम/ निर्णयमा प्रतिशोध, पूर्वाग्रह या अन्यथा गन्ध भेटियो भने न्यायालयको मान बढ्दैन, उल्टो घट्छ ।
— Pradeep Gyawali (@PradeepgyawaliK) January 9, 2018
मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबैनेपालीको पहुँचको माग राखी संघर्षरत डा. केसी पक्राउ परेको खबरले दु:खीछु।डा.केसीको शीघ्र रिहाइकालागि सम्बन्धित पक्षसँग आग्रह गर्दछु।चिकित्सा शिक्षाक्षेत्रको सुधारकालागि डा.केसीको अभियानमा सदाझैं मेरो र नयाँशक्तिको ऐक्यबद्धता छ.(फाइल फोटो) pic.twitter.com/Ez9PaXPnkD
— Baburam Bhattarai (@brb1954) January 8, 2018
सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन संघर्षरत डा. गोविन्द केसीको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै उहाँलाई तुरन्त रिहा गर्न सरकारसँग माग गर्छु । हाम्रो लोकतन्त्रले अन्यायको अहिंसात्मक विरोधलाई न्यायसम्पादनमा अवरोध मानेर दण्डित गर्ने अधिकार दिएको छैन ।
— Gagan Thapa (@thapagk) January 8, 2018
डा केसीले अदालतको मानहानी गरेका हुन् या चित्तै काटिने गरेर अदालतलाई राजनीतिकरण गर्ने 'शिर्ष नेता'ले अदालतको मानहानी गरेका हुन्? अब सबैले गम्भिरतापूर्वक सोच्ने समय आएको छ। नत्र एउटा कानुनी समस्याको निरूपण हुन्छ, बारम्बार अर्को समस्या बल्झिरहने छ।
— Rabindra Mishra (@RabindraMishra) January 9, 2018
भ्रष्टलाई भ्रष्ट हौ भन्न नसक्ने देशमा भ्रष्टले निष्ठा र सदाचार माथि अत्याचार गरिरहनेछ । डा. केसी को अभियानमा साथ दिअौ, भ्रष्टलाई समाप्त गरौं ।
— Prateek Pradhan (@prateekpradhan) January 9, 2018
जिउँदो समाजमा अन्यायको सम्पादनमा अवरोध गर्ने साहसीहरू हुन्छन् । त्यसो गर्दा ती तपाईंलाई अमर्यादित, अशिष्ट र दुस्साहसी लाग्छन् भने त्यो तिनको होइन तपाईंको समस्या हो, श्रीमान् । #IamWithDrKC pic.twitter.com/dfV58g72kq
— Jugal Bhurtel (@JugalBhurtel) January 8, 2018
सम्मानित न्यायलयका लागि न्यायलयको कानुनी सर्वोच्चता आवस्यक (necessary) शर्त हो भने न्यायलय प्रतिको आम जनताको विस्वास पर्याप्त (sufficient) शर्त हो। विस्वासका लागि सारभुत रुपमा न्यायको अनुभूति हुनु जरुरी हुन्छ।#IamwithDrKC
— Surya Raj Acharya (@SuryaRAcharya) January 9, 2018
गोबिन्द केसीलाई पक्राउ गरेर राख्न सिंहदरवार प्रहरी कार्यालय वृत्तमा कोठा तयार पारिदैछ ।
— Mani Dahal (@Maninagarik) January 8, 2018
खुंखार अपराधि डा गोबिन्द केसी लाई जिउंदै समात्न सफल कर्तब्यपरायण प्रहरी हरुलाई नमन । #IamWithDrKC pic.twitter.com/KFJuO9HfA8
— Sudhamshu K.C. (@Drsudhamshu) January 8, 2018
प्रतिक्रिया