सामूहिक बलात्कारको घटना नसेलाउँदै राजधानीमा अर्को बलात्कार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
१६ पटक हेरिएको
Shares
सामूहिक बलात्कारको घटना नसेलाउँदै राजधानीमा अर्को बलात्कार

सारांश

  • काठमाडौं, २३ माघ ।
  • यो साता निकै चर्चाको चुलीमा पुगेको ल्याण्डमार्क होटलको सामूहिक बलात्कार घटना सेलाउन नपाउँदै राजधानीमा फेरि अर्को बलात्कारको घटना थपिएको छ ।
  • प्रहरीले ल्याण्डमार्क होटलको सामूहिक बलात्कार काण्डको छानविन गरिहँदा फेरि अर्को होटलमा बलात्कारको घटना भएको हो ।

काठमाडौं, २३ माघ । यो साता निकै चर्चाको चुलीमा पुगेको ल्याण्डमार्क होटलको सामूहिक बलात्कार घटना सेलाउन नपाउँदै राजधानीमा फेरि अर्को बलात्कारको घटना थपिएको छ ।

प्रहरीले ल्याण्डमार्क होटलको सामूहिक बलात्कार काण्डको छानविन गरिहँदा फेरि अर्को होटलमा बलात्कारको घटना भएको हो ।

एक साताअघि सुन्धाराको एशियन होटलमा भक्तपुरकी एक युवतीको बलात्कार भएको हो । प्रेमीले एक हप्तासम्म होटलमा राखेर आफूमाथि बलात्कार गरेको उजुरी युवतीले दिएकी छिन् । सोही आधारमा प्रहरीले अशोक गुप्ता नामक युवकलाई पक्राउ गरेको छ ।

युवतीको यौन शोषण गरेपछि गुप्ता भागेका थिए । बिहे गर्ने भनेर होटलमा राखेकोमा पछि बिहे गर्न नसक्ने भन्दै भागेका थिए । त्यसपछि युवतीले प्रहरीमा उजुरी दिएर युवकलाई पक्राउ गराएकी हुन् ।

सुरुमा युवकले पैसा दिएर घटना मिलाउन खोजेका थिए । पछि युवतीले जाहेरी दिएकी हुन् । जाहेरी दिएपछि प्रहरीले तत्कालै दर्ता गरी गुप्तालाई पक्राउ गरेको दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?