सार्वजनिक जग्गामा चलखेल गर्नेलाई कार्वाही हुन्छ : नेता नेपाल
सारांश
- गौर ।
- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नं २ लाई भ्रष्टाचारमुक्त समाज बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
- नेता नेपालले प्रदेश २ कै नमुनाको रुपमा रहेको गौर नगरपालिकास्थित गौर राइसमिलको सार्वजनिक ६ बिगाहा जग्गा मधेशवादी दलका केही नेताहरुले बिक्री वितरण गरेकामा आपत्ति जनाए ।
गौर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नं २ लाई भ्रष्टाचारमुक्त समाज बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
नेता नेपालले प्रदेश २ कै नमुनाको रुपमा रहेको गौर नगरपालिकास्थित गौर राइसमिलको सार्वजनिक ६ बिगाहा जग्गा मधेशवादी दलका केही नेताहरुले बिक्री वितरण गरेकामा आपत्ति जनाए । सार्वजनिक जग्गामा चलखेल गर्नेहरुमाथि कानुन अनुसार कार्वाही हुने चेतावनी समेत दिए ।
आइतबार गृहजिल्ला रौतहटको राजदेवीमा सामुदायिक भवनको उद्घाटन गर्दै नेता नेपालले भ्रष्टाचारमुक्त समाज बनाउन सबैको सहयोगको अपिल गरे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया