निर्वाचन आयोगले खारेज गरेको तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चले दियो आन्तरिम आदेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १५, २०७९
|
|
२४ पटक हेरिएको
Shares
निर्वाचन आयोगले खारेज गरेको तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चले दियो आन्तरिम आदेश

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको छ ।
  • लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

काठमाडौं । सर्वोच्च अदालतले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको छ । लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

कार्कीले निर्वाचन आयोगविरुद्ध हालेको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुडालले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएका हुन् ।

तोसिमाले सोमबार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । आयोगले प्रतिनिधिसभातर्फ ललितपुर ३ की उम्मेदवार डा कार्कीको मनोनयन खारेज गरेपछि त्यसविरुद्ध उनले उत्प्रेषण आदेश माग्दै सर्वोच्चमा रिट दिएकी हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले विवरणसहित निर्णयका लागि पेस गरेकोमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?