इक्वेडरको जेलबाट ३९ कैदी फरार

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०८०
|
|
४० पटक हेरिएको
Shares
इक्वेडरको जेलबाट ३९ कैदी फरार

सारांश

  •  इक्वेडर ।
  • इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा शहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन् ।
  • रियोबाम्बाका नगर प्रमुख जोन विनुएजाले स्थानीय पिचिन्चा रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार कारागारमा दङ्गापछि विष्फोट भएको र केही कैदीहरू भाग्न सफल भएको बताए ।

 इक्वेडर । इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा शहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन् ।

रियोबाम्बाका नगर प्रमुख जोन विनुएजाले स्थानीय पिचिन्चा रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार कारागारमा दङ्गापछि विष्फोट भएको र केही कैदीहरू भाग्न सफल भएको बताए ।

उनले भने, “कारागारको सुरक्षा घेरा तोडेर ३९ कैँदी भागेका छन् । मैले प्राप्त गरेको जानकारीअनुसार फरारमध्ये १२ जनालाई पुनः कब्जामा लिइएको छ ।”

प्रहरी विवरणलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार स्थानीय समयअनुसार राति १०ः४५ बजे जेलको सेन्ट्री बक्सबाट कैदीहरू भागेका थिए ।

फरार हुनेमा ‘लस लोबोस’ आपराधिक सङ्गठनसँग सम्बन्धित कुख्यात अपराधी फेब्रिसियो कोलोन पिको पनि छन् । पिकोविरूद्ध महान्यायाधिवक्ता डायना सालाजारविरुद्ध आक्रमणको योजना बनाएको आरोप लगाइएको छ ।

अधिकारीहरूले उनलाई अर्को जेलमा स्थानान्तरण गर्ने योजना बनाइरहेका बेला कोलोन भाग्न सफल भएका हुन् ।

रियोबाम्बामा भएको घटनापछि इक्वेडरका विभिन्न जेलमा दङ्गा भड्किनुका साथै सोमबार राति र मङ्गलबार बिहानै देशका विभिन्न सहरमा विस्फोटक पदार्थ र प्रहरी अधिकारीहरूको अपहरण भएको थियो ।

सरकारले हिंसा बढेपछि आपराधिक गतिविधि रोक्नका लागि रात्रिकालीन कफ्र्यूसहित ६० दिनको आपतकालीन अवस्था घोषणा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिडरको रंगले गर्छ कुखुराको व्यवहारमा परिवर्तन…
फिडरको रंगले गर्छ कुखुराको व्यवहारमा परिवर्तन…
गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप
गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप
प्रेम र सेक्सबारे विद्यार्थी नेता नवीना लामा भन्छिन्– लोग्नेमान्छेलाई अन्ततः सेक्स नै चाहन्छ
प्रेम र सेक्सबारे विद्यार्थी नेता नवीना लामा भन्छिन्– लोग्नेमान्छेलाई अन्ततः सेक्स नै चाहन्छ
प्रचण्डको गृह जिल्लामा कस्ले मार्ला नेकपाको अध्यक्षमा बाजी !
प्रचण्डको गृह जिल्लामा कस्ले मार्ला नेकपाको अध्यक्षमा बाजी !
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
हेर्नुस् आजका पत्रपत्रिकाका सम्पादकीय…
हेर्नुस् आजका पत्रपत्रिकाका सम्पादकीय…
बिनोद चौधरी कोरोनामुक्त
बिनोद चौधरी कोरोनामुक्त
“Feeling Fresh” भन्दै थाइल्याण्डको आइल्याण्डमा मस्ती गर्दै नायिका पुजा..
“Feeling Fresh” भन्दै थाइल्याण्डको आइल्याण्डमा मस्ती गर्दै नायिका पुजा..
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग
पदयात्रा मार्गमा आन्तरिक पर्यटक बढ्दै

तपाईंले छुटाउनुभयो कि?