इमरानकाे शपथ कार्यक्रमबाट नरेद्र मोदी अाउट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाण्डाै,२२ साउन ।
  •   पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शपथ लिने कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेद्र मोदीलाई डाक्ने अपेक्षा गरिएपनि सम्भव भएन ।
  • चुनावको नतिजा लगत्तै नवविजयी दल तहरिक ए इन्साफका प्रवक्ता फब्बाद चौधरीले इमरानको शपथमा सार्क देशका नेताहरुलाई उपस्थित गराइने घोषणा गरेका थिए ।

काठमाण्डाै,२२ साउन ।  पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शपथ लिने कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेद्र मोदीलाई डाक्ने अपेक्षा गरिएपनि सम्भव भएन । चुनावको नतिजा लगत्तै नवविजयी दल तहरिक ए इन्साफका प्रवक्ता फब्बाद चौधरीले इमरानको शपथमा सार्क देशका नेताहरुलाई उपस्थित गराइने घोषणा गरेका थिए ।

उनले इमरानका क्रिकेटका साथीहरु र फिल्मी साथीहरुलाई पनि सपथ कार्यक्रममा निमन्त्रणा दिने बताए । इरफानका प्रवक्ताको यो घोषणाले भारत–पाकिस्तान लगायत सार्क मुलुकका धेरैलाई खुसी बनाएको थियो । तर, इमरानले त्यसको भोलिपल्टै सपथ सामान्य तरिकाले हुने भन्दै उक्त कार्यक्रममा कसैलाई पनि नबोलाउने बताएकाले मोदीसँग हुने अपेक्षा गरिएको भेट नहुने निश्चित बनेको हो ।

इमरान पाकिस्तानी सत्तामा आएपछि भारत–पाकिस्तानको सम्बन्धमा केही मात्रामा भए पनि गति आउने अनुमान धेरैले गरेका थिए । तर इमरानको घोषणाले अब त्यो सम्भव नभएको पुष्टि गरिसकेको छ । बीबीसीका पाकिस्तान संवाददाता बुसअतुल्लाह खानले शपथमा पाहुना बोलाउने खेल सबै भारतीय प्रधानमन्त्री मोदीका कारण बिग्रिएको बताएको बीबीसी हिन्दीमा उल्लेख छ । उनले लेखेका छन्,‘मलाई लाग्छ कि पाहुना बोलाउने सारा खेल मोदीका कारण बिग्रियो । यदी मोदीलाई निमन्त्रणा दिइयो र उनले आउन इन्कार गरे भने के होला ?’ यही कारणले मोदीलाई नबोलाइएको उनको ठहर छ ।

इरफानको शपथमा त यो मौका गुमिसक्यो तर फेरि आगामी वर्ष भारतमा हुने आम निर्वाचनपछि पुनः आउने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?