सिम्रिक एयर दुर्घटना अपडेट : घाइते भएका एक जनाको निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
३० पटक हेरिएको
Shares
सिम्रिक एयर दुर्घटना अपडेट : घाइते भएका एक जनाको निधन

सारांश

  • काठमाडौं ।
  • संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एक जनाको ज्यान गएको छ ।
  • पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङसहित ३ जना गम्भीर घाइते भएकोमा स्थानीय गुरुङको उपचारका क्रममा काठमाडौंतफै लैजाँदै गर्दा मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

काठमाडौं । संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एक जनाको ज्यान गएको छ ।

पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङसहित ३ जना गम्भीर घाइते भएकोमा स्थानीय गुरुङको उपचारका क्रममा काठमाडौंतफै लैजाँदै गर्दा मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गुरुङ अरुण जलविद्युत् आयोजनाका कर्मचारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले दुर्घटनामा घाइते भएका पाइलट पौडेलसहित तीनजनालाई उपचारका लागि काठमाडौैं पठाइएकोमा गुरुङको मृत्यु भएको खबर प्राप्त भएको जानकारी दिएको छ ।

सिम्रिक एयरको हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएको थियो । बिहीबार संखुवासभामै पार्क भएको उक्त हेलिकोप्टर आज अपर अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर निर्माणस्थल जाँदै थियो । हेलिकोप्टर दिउँसो १ बजेबाट एयर ट्राफिकसँग सम्पर्क टुटेको थियो । त्यसको केही समयपछि भोटखोला गाउँपालिका ४ सिब्रुङमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वायु सेवा निगम डुबाएको भन्दै कर्मचारीद्वारा मदन खरेलको राजिनामा माग
वायु सेवा निगम डुबाएको भन्दै कर्मचारीद्वारा मदन खरेलको राजिनामा माग
चित्त दुखाउँदै नेपाल छोडे यी राजदुतले
चित्त दुखाउँदै नेपाल छोडे यी राजदुतले
बेनीबाट नारायणगढ जाँदै गरेको बस दुर्घटनामा ४ जनाको मृत्यु
बेनीबाट नारायणगढ जाँदै गरेको बस दुर्घटनामा ४ जनाको मृत्यु
अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेडको इजाजत प्राप्त, आइपिओ पनि जारी गर्दै
अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेडको इजाजत प्राप्त, आइपिओ पनि जारी गर्दै
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
कांग्रेसका भातृसंगठनहरु राष्ट्रपतिको कदमविरुद्ध संघर्षमा
कांग्रेसका भातृसंगठनहरु राष्ट्रपतिको कदमविरुद्ध संघर्षमा
सन्दर्भ हरिशयनी एकादशीः कालीगण्डकीमा स्नान गर्नेको भीड
सन्दर्भ हरिशयनी एकादशीः कालीगण्डकीमा स्नान गर्नेको भीड
दुर्गा तिवारीको हत्यारालाई नेपाल ल्याइयो, मनोज पुन अझैं फरार
दुर्गा तिवारीको हत्यारालाई नेपाल ल्याइयो, मनोज पुन अझैं फरार
बेलायतमा प्रधानमन्त्री ओलीसँग सगरमाथा जामको विषयमा प्रश्न
बेलायतमा प्रधानमन्त्री ओलीसँग सगरमाथा जामको विषयमा प्रश्न
युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र
युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र

तपाईंले छुटाउनुभयो कि?