अधिनायकवाद आउँछ भनेर केही मान्छेहरुले नयाँ थेगो बनाए : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्रालयले गर्ने कामको अनुगमन प्रधानमन्त्री कार्यालयले गर्ने बताएका छन् ।
- संघीय संसद बैठकमा प्रधानमन्त्री कार्यालय, योजना आयोग, राष्ट्रपति, उपराष्ट्रपति कार्यालयको बजेट बिनियोजनका बिषयमा उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार निर्मूल गरी सुशासनको अनुभूति दिन अनुगमन गर्ने बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्रालयले गर्ने कामको अनुगमन प्रधानमन्त्री कार्यालयले गर्ने बताएका छन् । संघीय संसद बैठकमा प्रधानमन्त्री कार्यालय, योजना आयोग, राष्ट्रपति, उपराष्ट्रपति कार्यालयको बजेट बिनियोजनका बिषयमा उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार निर्मूल गरी सुशासनको अनुभूति दिन अनुगमन गर्ने बताए ।
विकास निर्माणका कामलाई प्रभावकारी बनाउन योजना आयोगको पुनःगठन गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री कार्यालयमा धेरै बजेट राखियो भनेर गुनासो गर्नुको कुनै अर्थ नभएको दाबी छ ।
‘प्रधानमन्त्री कार्यालयमा भएको बजेट पुननिर्माण, प्राकृतिक प्रकोप उद्दार लगायतको समेतको रहेकोले धेरै देखिएको हो’ प्रधानमन्त्रीले भने । सरकार नयाँ ढंगले अघि बढेकोले मानिसहरुलाई सरकारको चाल बुझ्न मुस्किल भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सधैं हिडिरहेको बाटो अध्याँरोमा पनि हिड्न सकिन्छ’ उनले भने, ‘नयाँ बाटो हिड्दा उज्यालोमा पनि डर लाग्छ । कतै घुमाउरो छ कि, लडिन्छ कि भनेर । अहिले सरकारका कामहरु त्यस्तै हो । नयाँ ढंगले काम अघि बढाउदा के हुन्छ ? कस्तो हुन्छ ? भनेर अलमल परेको हो ।’
लोकतन्त्र कसैले किस्तीमा उपहार दिएको नभइ आफूहरुले संघर्ष गरेर ल्याएको हुनाले यसमा कसैलाई शंका नगर्न प्रधानमन्त्री ओलीले आश्वस्त पारे छ । अधिनायकवाद आउछ भनेर केही मान्छेहरुले नयाँ थेगोको विकास गरेको बताए ।
भूकम्पपछिको पुननिर्माणलाई गति दिन सरकार लागि परेको भन्दै ‘पुनःनिर्माणका नियुक्त सिइओको ध्यान राजनीति र निर्वाचन भएकाले काम अघि बढेन अब यसले गति पाउँछ ।’
प्रधानमन्त्री ओलीले केही बर्षभित्र नेपालमा गरिबीको गीत गाउनुपर्ने दिनको अन्त्य हुने दाबी गरे । ‘अब गरिबी होइन सुख र सृमद्धिका दिन आउछन्’ ।
अस्पताल भित्र नारा जुलुस गर्ने, अत्यावश्यक ठाउँमा हड्ताल गर्ने जस्ता कार्य सरकारका लागि सैह्य नहुने बताए । सरकारले वाक तथा प्रकाशन स्वतन्त्रतालाई लगाम नलगाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।
उत्तम घिमिरे
२ वर्षमा तुईन मुक्त , देशकाे तेल डाँडाकाँडा रेल, भान्सा भान्सामा ग्याँस, चुच्चेरेल र मनाेरेलका माउपाडा भन्दै थेगाे फेर्न नजान्नेहरु भ्रममा छैनन् ।
Jeevan Karki
यो सत्य हो
slow poison त दिसके त कम्मर रेड हरुले
Limbu Man
अधिनायक आउँछ होइन आइसक्यो त!
Durga Adhikari
अधिनायकवाद काका को मनमा उब्जेको संका मात्रै हो कामको मेलो मेसो कतैबाट चलेन भने राजिनामा दिनु राम्रो । हावादारी कुरा गर्न कति सजिलो रहेछ त काका
Prakash Thapa
Toeit ukhan tukka mattr haler desh ko Bikash hun6 vannu raw hutitayule Aakash thamxu vaner uttaano parnu Autai hoooo…….toiet…….
Damodar Dahal
आउने छाँट देखियो त ! विरोध गर्न अनशन बस्न जुम्ला पुग्नु परयो तर त्यहाँ पनि दिइएन अरे !