सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १०, २०७३
|
|
४४९ पटक हेरिएको
Shares
सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो

सारांश

  • सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी निप्पोन कोइलाइ चयन गरेको छ ।
  • सुरुङमार्गको नक्सा डिजाइन निप्पोन कोइले नै तयार पार्नेछ ।
  • साथै यसले निर्माण कम्पनीले गरेको कामको पनि निगरानी राख्नुपर्नेछ ।

सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी निप्पोन कोइलाइ चयन गरेको छ । सुरुङमार्गको नक्सा डिजाइन निप्पोन कोइले नै तयार पार्नेछ । साथै यसले निर्माण कम्पनीले गरेको कामको पनि निगरानी राख्नुपर्नेछ ।

सडक विभागले गत शुक्रबार निप्पोन कोइलाई परामर्शदाताको रुपमा चयन गरेको विभागका बैदेशिक महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । उनले भने- ‘सुरुङमार्ग निर्माणका लागि परामर्शदाताका रुपमा निप्पोन कोइलाई चयन गरेका छौं, यससँगै ज्वाइन्ट भेञ्चरका रुपमा एट जापानीज इञ्जिनियरिङ र इटेको नेपाल रहेका छन् ।’

नेपाली कम्पनीलाई पनि सुरुङमार्ग सम्बन्धी अनुभव होस् भन्ने उद्देश्यले परामर्शदाताले नेपाली कम्पनीसँग पनि परामर्शदाता कम्पनीले सहकार्य गर्नुपर्ने बाध्यात्मक व्यवस्था सडक विभागले गरेको थियो, जसका कारण नै ‘इटेको नेपाल’ ले पनि यसमा परामर्शदाताको रुपमा काम गर्न पाएको हो ।

राजधानीबाट बाहिरिने मुख्य नाकामै हुने जामका कारण अहिले यो नाका हुँदै उपत्यका बाहिरिने तथा भित्रिने यात्रुले घन्टांै जाममा बस्नुपर्ने बाध्यता छ । यात्रुले अब जामको सास्ती भोग्नु नपरोस् भन्दै सडक बिभागले सुरुङमार्ग निर्माणको काम अघि बढाएको हो ।

नागढुङ्गाबाट करिब ८० मिटर तलबाट जाने यो सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकनका बारेमा अध्ययन सम्पन्न भइसकेको छ । रिपोर्टका अनुसार सुरुङमार्ग निर्माण गर्दा कुनै पनि वातावरणीय क्षति हुने देखिँदैन ।

निर्माण सुरु भएको ३ वर्षभित्रै यसको काम सम्पन्न गर्ने सडक विभागको योजना छ । सुरुङमार्ग निर्माणका लागि जापान सरकारले ऋण उपलब्ध गराउन लागेको छ । साथै यसको ऋणलाई नेपाल सरकारले पनि स्वीकृत गरिसकेको छ ।

सुरुङमार्ग निर्माणका लागि जापान सरकारले १७ अर्ब रुपैयाँ ऋण दिने छ । श्रेष्ठका अनुसार जापानले नेपाल सरकारलाई ०.०१ प्रतिशत ब्याजदरमा यो ऋण उपलब्ध गराएको हो । ४० वर्ष भित्र तिरिसक्नु पर्ने यो ऋणको अवधि ३० वर्षको हुनेछ भने १० वर्ष ग्रेस अवधि थपिने छ ।

यो सडकखण्ड कुल ६ किलोमिटरको हुनेछ । सुरुङ २.४५ किलोमिटर को निर्माण गरिने भएको छ । यो सडक खण्डअन्र्तगतको सुरुङ सीतापाइला नजिकैको बस्नेतछापदेखि धादिङको सिस्नेखोलासम्म निर्माण गरिने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय
लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय
यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
सांसद र सदन भारदारी सभाजस्तो छ : अध्यक्ष साह
सांसद र सदन भारदारी सभाजस्तो छ : अध्यक्ष साह
प्रियंकाका प्रेमि निक जोनसले लगाए कुर्ता–पाइजामा
प्रियंकाका प्रेमि निक जोनसले लगाए कुर्ता–पाइजामा
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता
आत्मदाहा गरेका प्रेम आचार्यकी श्रीमतीद्वारा बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति
आत्मदाहा गरेका प्रेम आचार्यकी श्रीमतीद्वारा बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति
सिरहा २ मा माओवादीका दास विजयी
सिरहा २ मा माओवादीका दास विजयी
महिला श्रमिकलाई वैदेशिक रोजगारीका लागि अनुमति दिन श्रममन्त्रीको आग्रह
महिला श्रमिकलाई वैदेशिक रोजगारीका लागि अनुमति दिन श्रममन्त्रीको आग्रह
आयोजक कतारसँगै पहिलो पटक सहभागी ताजकिस्तान दोस्रो चरणमा
आयोजक कतारसँगै पहिलो पटक सहभागी ताजकिस्तान दोस्रो चरणमा

तपाईंले छुटाउनुभयो कि?