सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत् समाधान गर्न प्रधानमन्त्री देउवाको मोदीसँग आग्रह
सारांश
- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न भारतीय समकक्षी नरेन्द्र मोदीसँग आग्रह गरेका छन् ।
- नयाँदिल्लीको हैदराबाद हाउसमा शनिबार भएको द्धिपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले समकक्षी मोदीसँग सीमा विवादको कुरा उठाएका हुन् ।
- प्रधानमन्त्री देउवाले आफूहरूबीच सीमा विवादका विषयमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न भारतीय समकक्षी नरेन्द्र मोदीसँग आग्रह गरेका छन् ।
नयाँदिल्लीको हैदराबाद हाउसमा शनिबार भएको द्धिपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले समकक्षी मोदीसँग सीमा विवादको कुरा उठाएका हुन् ।
प्रधानमन्त्री देउवाले आफूहरूबीच सीमा विवादका विषयमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भारतसमक्ष थप तीनवटा हवाइ रुट उपलब्ध गराउन माग गरे ।
भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा कुराकानी भएको बताउँदै उनले महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको हवाइ रुट उपलब्ध गराउन आग्रह गरेको उल्लेख गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको बताए ।
दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको भन्दै भारत र नेपालबीचको मित्रता तथा नागरिक सम्बन्धको उदाहरण विश्वमै कहीँ देख्न नपाइने मोदीको भनाइ थियो ।
मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने भन्दै भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबीच सहमति भएको जानकारी दिए ।
नेपालमा बढी भएको विद्युत् भारतीय बजारमा आउँदा आफुलाई खुसी लागेको मोदीले बताए ।
प्रतिक्रिया